‘इगो’ले रोकियो एसएसपी सरुवा

काठमाडौँ: गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अडान र इगोका कारण लामो समय देखी प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी)हरुको सरुवा रोकिएको छ। गृहमन्त्री निधी र महानिरिक्षक अर्याल दुवै एसएसपीको सरुवा गर्न तयार भए पनि दुवैले फरक सरुवा सुची बनाएपछि समस्या उब्जिएको हो।
दुवैले आफ्नो स्वार्थ अनुरुप सरुवाको सुची बनाए पछि सरुवामा ढिलाइ भएको प्रहरी स्रोतले वताएको छ। संगठनलाई भन्दा पनि दुवैले आफुले वनाएको सरुवा सुचीलाई प्रतिष्ठाको विषय बनाएको स्रोतले उल्लेख गरेको छ। गृहमन्त्री र महानिरिक्षकको हरेक वैठकमा सरुवाबारे छलफल भए पनि कसलाई कहाँको जिम्मेवारी दिने भन्ने विषयमा विवाद हुने स्रोतले वताएको छ।
गृहमन्त्री निधी, गृहसचिव लोकदर्शन रेग्मी र महानिरिक्षक अर्यालवीच सरुवाको विषयलाई लिएर पटक पटक द्धिपक्षिय र त्रीपक्षीय वैठक भए पनि लामो समय देखी सरुवा हुन सकेको छैन। आइतबार सरुवाको विषयमा गृहमन्त्री निधी, गृहसचीव रेग्मी, महानिरिक्षक अर्यालवीच छुट्टा छुट्टै छलफल भए पनि सहमति जुटेन।
महानिरिक्षक अर्यालको असहमतीवीच एसएसपीको सरुवासूची निकाल्ने मनस्थीती बनाएका गृहमन्त्री निधी यसले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप भएको नकरात्मक सन्देश जानसक्ने भन्दै दोधारमा रहेको गृह स्रोतले जनाएको छ। मन्त्री निधीले कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठलाई सुची तयार पार्न निर्देशन दिइसकेको भए पनि विवाद आउन सक्ने भन्दै पछि हटेको गृह स्रोतले वताएको छ।
एसएसपीको सरुवाको विषयलाइ लिएर गृहमन्त्री निधी र महानिरिक्षक अर्यालको विवाद बारे प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो लिएका छन्। प्रधानमन्त्री दाहालले केही दिन अघि महानिरिक्षक अर्यालसँग सरुवा लगायत प्रहरी संगठनबारे छलफल गरेको स्रोतले वताएको छ।
प्रधानमन्त्री दाहालले सरुवाको विषय सामान्य भएको भन्दै गृह मन्त्री निधी र महानिरिक्षक अर्यालवीचको विवाद एक÷दुइ भित्रमा नटुंगिए दुवैसँग छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले वतायो। एसएसपी र त्योभन्दा माथिल्लो दर्जाको सरुवाको अन्तिम सूची गृहमन्त्रालयले निकाल्छ।
पुर्व प्रहरी महानिरिक्षक ध्रुव वहादुर प्रधानले सरुवा होस या वढुवा, कुनै पनि वहानामा गृहमन्त्रालयले प्रहरी संगठन भित्र हस्तक्षेप गर्न नहुने वताए। ‘गृहमन्त्री राजनीतिक हो, राजनीतिक व्यक्तिले संगठन भित्र नियमितरुपमा हुने सरुवा, वढुवामा अनावश्यक चासो दिनु हुँदैन,’ पुर्वप्रहरी महानीरिक्षक प्रधानले अन्नपुर्णसँग भने, ‘प्रहरी नेतृत्वले शान्ति सुरक्षा कायम गर्न नसके गृहमन्त्रालयले कार्यक्षमता माथि प्रश्न उठाउन सक्छन। तर, अनावश्यक हस्तक्षेपले संगठन कमजोर बनाउँछ।’ उनले मन्त्रालयले प्रहरी संगठनलाई विवादरहित ढंगले चल्न सहयोग गर्नु पर्ने वताए।
‘एसएसपीको सरुवाको सुची धेरै पटक फेरवदल भएका छन। दुवैजनाको अडानले सरुवा हुन नसकेको हो,’ प्रहरी मुख्यालयका एक एआइजीले अन्नपुर्णसँग भने, ‘संगठनका लागि गृहमन्त्री र आइजी दुवैले कम्प्रमाइज गर्नु पर्छ। उनीहरूको इगोले संगठनको छवी विग्रदै गएको छ।’
गृहमन्त्री निधीले काठमाडौ प्रमुखमा कमाण्ड गर्ने क्षमता नभएको र आर्थिकरुपमा अपारदर्शी रहेका व्यक्तिलाई प्रहरी प्रमुख बनाउन खोजे पछि महानिरिक्षक अर्यालले त्यसमा असहमति जनाएको स्रोत बताउँछ। गृहमन्त्री बनेलगत्तैदेखि दैनिक कामका विषयमा निधी र महानीरिक्षकको सम्वन्धमा कटुता उत्पन्न हुँदै आएको थियो।
गृहमन्त्री निधीले दशै अगावै अदालतमा मुद्धा चलिरहेको टीकापुर घटनामा संलग्न भएकाहरुको मुद्धा फिर्ता लिने भनेपछि महानीरिक्षक अर्यालले कुनै पनि वहानामा प्रहरीकै हत्यामा संलग्न भएकाहरुको मुद्धा फिर्ता लिन नहुने भन्र्दै उक्त विषय संगठनको प्रतिष्ठासँग जोडे पछि उनीहरुवीचको विवाद सहतमा आएको थियो।
टीकापुर घटनालाइ लिएर विवाद उत्पन्न भएको विषय सार्वजनिक भए पछि गृहमन्त्री निधीले महानिरिक्षक अर्यालसँग आफ्नो कुनै विवाद नरहेको भन्दै उनलाई कयौ कार्यक्रममा सँगै लैजाने गरेका थिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












