‘इगो’ले रोकियो एसएसपी सरुवा

काठमाडौँ: गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अडान र इगोका कारण लामो समय देखी प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी)हरुको सरुवा रोकिएको छ। गृहमन्त्री निधी र महानिरिक्षक अर्याल दुवै एसएसपीको सरुवा गर्न तयार भए पनि दुवैले फरक सरुवा सुची बनाएपछि समस्या उब्जिएको हो।
दुवैले आफ्नो स्वार्थ अनुरुप सरुवाको सुची बनाए पछि सरुवामा ढिलाइ भएको प्रहरी स्रोतले वताएको छ। संगठनलाई भन्दा पनि दुवैले आफुले वनाएको सरुवा सुचीलाई प्रतिष्ठाको विषय बनाएको स्रोतले उल्लेख गरेको छ। गृहमन्त्री र महानिरिक्षकको हरेक वैठकमा सरुवाबारे छलफल भए पनि कसलाई कहाँको जिम्मेवारी दिने भन्ने विषयमा विवाद हुने स्रोतले वताएको छ।
गृहमन्त्री निधी, गृहसचिव लोकदर्शन रेग्मी र महानिरिक्षक अर्यालवीच सरुवाको विषयलाई लिएर पटक पटक द्धिपक्षिय र त्रीपक्षीय वैठक भए पनि लामो समय देखी सरुवा हुन सकेको छैन। आइतबार सरुवाको विषयमा गृहमन्त्री निधी, गृहसचीव रेग्मी, महानिरिक्षक अर्यालवीच छुट्टा छुट्टै छलफल भए पनि सहमति जुटेन।
महानिरिक्षक अर्यालको असहमतीवीच एसएसपीको सरुवासूची निकाल्ने मनस्थीती बनाएका गृहमन्त्री निधी यसले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप भएको नकरात्मक सन्देश जानसक्ने भन्दै दोधारमा रहेको गृह स्रोतले जनाएको छ। मन्त्री निधीले कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठलाई सुची तयार पार्न निर्देशन दिइसकेको भए पनि विवाद आउन सक्ने भन्दै पछि हटेको गृह स्रोतले वताएको छ।
एसएसपीको सरुवाको विषयलाइ लिएर गृहमन्त्री निधी र महानिरिक्षक अर्यालको विवाद बारे प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो लिएका छन्। प्रधानमन्त्री दाहालले केही दिन अघि महानिरिक्षक अर्यालसँग सरुवा लगायत प्रहरी संगठनबारे छलफल गरेको स्रोतले वताएको छ।
प्रधानमन्त्री दाहालले सरुवाको विषय सामान्य भएको भन्दै गृह मन्त्री निधी र महानिरिक्षक अर्यालवीचको विवाद एक÷दुइ भित्रमा नटुंगिए दुवैसँग छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले वतायो। एसएसपी र त्योभन्दा माथिल्लो दर्जाको सरुवाको अन्तिम सूची गृहमन्त्रालयले निकाल्छ।
पुर्व प्रहरी महानिरिक्षक ध्रुव वहादुर प्रधानले सरुवा होस या वढुवा, कुनै पनि वहानामा गृहमन्त्रालयले प्रहरी संगठन भित्र हस्तक्षेप गर्न नहुने वताए। ‘गृहमन्त्री राजनीतिक हो, राजनीतिक व्यक्तिले संगठन भित्र नियमितरुपमा हुने सरुवा, वढुवामा अनावश्यक चासो दिनु हुँदैन,’ पुर्वप्रहरी महानीरिक्षक प्रधानले अन्नपुर्णसँग भने, ‘प्रहरी नेतृत्वले शान्ति सुरक्षा कायम गर्न नसके गृहमन्त्रालयले कार्यक्षमता माथि प्रश्न उठाउन सक्छन। तर, अनावश्यक हस्तक्षेपले संगठन कमजोर बनाउँछ।’ उनले मन्त्रालयले प्रहरी संगठनलाई विवादरहित ढंगले चल्न सहयोग गर्नु पर्ने वताए।
‘एसएसपीको सरुवाको सुची धेरै पटक फेरवदल भएका छन। दुवैजनाको अडानले सरुवा हुन नसकेको हो,’ प्रहरी मुख्यालयका एक एआइजीले अन्नपुर्णसँग भने, ‘संगठनका लागि गृहमन्त्री र आइजी दुवैले कम्प्रमाइज गर्नु पर्छ। उनीहरूको इगोले संगठनको छवी विग्रदै गएको छ।’
गृहमन्त्री निधीले काठमाडौ प्रमुखमा कमाण्ड गर्ने क्षमता नभएको र आर्थिकरुपमा अपारदर्शी रहेका व्यक्तिलाई प्रहरी प्रमुख बनाउन खोजे पछि महानिरिक्षक अर्यालले त्यसमा असहमति जनाएको स्रोत बताउँछ। गृहमन्त्री बनेलगत्तैदेखि दैनिक कामका विषयमा निधी र महानीरिक्षकको सम्वन्धमा कटुता उत्पन्न हुँदै आएको थियो।
गृहमन्त्री निधीले दशै अगावै अदालतमा मुद्धा चलिरहेको टीकापुर घटनामा संलग्न भएकाहरुको मुद्धा फिर्ता लिने भनेपछि महानीरिक्षक अर्यालले कुनै पनि वहानामा प्रहरीकै हत्यामा संलग्न भएकाहरुको मुद्धा फिर्ता लिन नहुने भन्र्दै उक्त विषय संगठनको प्रतिष्ठासँग जोडे पछि उनीहरुवीचको विवाद सहतमा आएको थियो।
टीकापुर घटनालाइ लिएर विवाद उत्पन्न भएको विषय सार्वजनिक भए पछि गृहमन्त्री निधीले महानिरिक्षक अर्यालसँग आफ्नो कुनै विवाद नरहेको भन्दै उनलाई कयौ कार्यक्रममा सँगै लैजाने गरेका थिए।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












