लिभिङ टुगेदरपछि विवाह गर्न नमान्ने केटालाई जेल, पछि आफै छुटाएर विवाह

सोलुखुम्बु ११ माघ । साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।
जन्ती कहाँबाट आउने ? प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तित) ले भनिन्, जाजरकोटबाट । झनै अचम्म लागेपछि बुढाथोकीले सोधे – “जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?” भुजेलको जवाफ आयो – “त्यो त थाहा छैन, जाजरकोट भन्ने मात्र सुनेको ।”
घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समय अघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुषसँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् । नेपाल फर्केपछि विवाह गर्ने उनीहरुको सर्त रहेछ । दुवै नेपाल फर्केपछि फोनमार्फत कुराकानी भइरहेको रहेछ । केटाले केही समयपछि विवाह गरौँला भन्दा केटीले चाँडै विवाह गर्न दबाब दिएपछि केटाले जन्ती लिएर आउने साइत सुनाएछन् । सोही अनुसार केटीपक्षले विवाहको लागि धुमधाम तयारी गरे ।
विवाहको दिन निम्तालु पनि भेला भए । खानपिनको व्यवस्था पनि भयो । दिउँसोसम्म आउँदैछौँं भन्दै गरेको केटापक्ष साँझपख एक्कासि आफूहरु नआउने भन्दै सम्पर्क बाहिर पुगेपछि केटी अत्तालिँदै प्रहरीकोमा पुगेकी रहिछन् । उनले तत्काल केटालाई झिकाइदिन भने पनि प्रहरीले स्पष्ट ठेगाना नभएको र टाढा रहेकाले तत्काल झिकाउन असम्भव रहेको बताएपछि केटीले आफू केही दिनसम्ममा फकाएर केटालाई बोलाउने त्यसबेला पक्राउ गर्न सहयोग मागे । प्रनाउ थापाले सहयोग गर्ने आश्वासन दिए र केटी फर्किइन् ।
एक हप्तापछि पुनः प्रहरी कार्यालय पुगेकी ती महिलाले केटा सो दिन जिल्लामा आउने बताए र प्रहरीले केटालाई पक्राउ ग¥यो । सार्वजनिक मुद्दा अन्तर्गत २४ दिन हिरासतमा बसेपछि २५ औँ दिनमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए, आदेशलगत्तै तिनै महिलाले सो रकम तिरेर केटालाई छुटाइन् र विवाह सम्पन्न गरी गएको शुक्रबार केटी केटासँगै जाजरकोट लागिन् ।
प्रनाउ बुढाथोकी भने – “चलचित्रको कथा जस्तो लाग्ने यस्तो घटना यसअघि कतै सुनेको पनि थिइनँ । वैदेशिक रोजगारीले यस्ता समस्या आउन थालेको छ । यस्तो विषयमा युवायुवती सचेत हुनुपर्छ ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












