चिसो घट्दै, न्यानो बढ्दै

काठमाडौं, १२ माघ। चिसो घट्न थालेपछि देशैभर न्यानो महसुस गर्न थालिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले चिसो घटेर तापक्रम बढ्दै गएको जनाएको छ । बिहान–बेलुका जाडो भए पनि दिउँसो निकै न्यानो महसुस हुन थालेको छ ।
मौसम सफा रहेकाले बिस्तारै तापक्रम बढ्दै गएको जल महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले बताए । ‘अहिले पानी पर्ने वा बादल लाग्ने नभएकाले दिउँसोको घाम राम्रोसँग लागेको छ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘यसैले काठमाडौं उपत्यकासहित देशैभर तातो महसुस गरिएको छ ।’ अरू वर्षहरूमा पनि माघ महिनाको अन्त्य (फेब्रुअरी दोस्रो साता) देखि चिसो स्वतः घट्दै जाने महाशाखाको भनाइ छ ।
तापक्रमको वर्तमान अवस्था
सबैभन्दा बढी चिसो हुने हुने हिमाली क्षेत्रमा रहेको जुम्लामा अहिलेको तापक्रम अधिकतम २० देखि न्यूनतम माइनस ४ डिग्री सेल्सियस छ । यस्तै, काठमाडौं उपत्यकाको तापक्रम अधिकतम २१ र न्यूनतम ४ दशमलव ५ डिग्री सेल्सियस छ । विराटगरमा अहिले अधिकतम २८ दशमलव ३ र न्यूनतम ९ डिग्री सेल्सियस छ ।
१ माघ सबैभन्दा चिसो
यस वर्षको अहिलेसम्मको सबैभन्दा चिसो दिन १ माघ भएको छ । सो दिन छिटफुट वर्षा भएकाले पनि बढी चिसो थियो । त्यस दिन काठमाडौंको तापक्रम अधिकतम १६ दशमलव ४ र न्यूनतम शून्य दशमलव ४ थियो भने जुम्लामा अधिकतम १९ दशमलव ४ र न्यूनतम माइनस ८ डिग्री सेल्सियस थियो । नेपालगन्जमा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमलव ४, विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।
तराईमा न्यून शीतलहर
यो वर्ष तराई–मधेसका जिल्लामा न्यून शीतलहर चलेको थियो । शीतलहरको प्रभाव कम परेकाले तराईका जिल्लामा यस वर्ष चिसोले कठ्यांग्रिएर कसैको ज्यान नगएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । घाम नलाग्दा भने चिसो बढे पनि लामो समय शीतलहर भने चलेन । अघिल्ला वर्षमा तराई–मधेसका जिल्लामा शीतलहरका कारण धेरैको ज्यान जाने गरेको थियो ।नयाँपत्रिकामा खबर छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












