नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान
इलाम, माघ १२ गते । । नेकपा (एमाले) इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ । नेकपा (एमाले)ले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो ।
नेकपा (एमाले) इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश बस्नेतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सो अवसरमा अध्यक्ष रानाले आफ्नो पार्टी सरकारमा भएका समयमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सुरुवात गरेको र बर्सेनि भत्ता वृद्धि गर्दै लगेको बताउनुभयो ।
बालबालिकालाई ज्याकेट वितरण
यसैबीच, सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको इलाम सोसियल इनिसिएटिभ (क्लोथ बैंक)ले देउमाई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई कोरियन ज्याकेट वितरण गरेको छ ।
क्लोथ बैंकले जाडोको समयमा विद्यालय जान समस्या भोगिरहेका विपन्न बालबालिकालाई मङ्गलबार ज्याकेट वितरण गरेको हो । देउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको ज्याकेट वितरणमा उक्त नगर क्षेत्रका नौवटा विद्यालयका करिब ९० जना बालबालिकालाई ज्याकेट वितरण गरेको संस्थाका सचिव विभूषण राईले जानकारी दिनुभयो ।
स्थानीय नगर बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा गरिएको ज्याकेट वितरणमा लक्ष्मी, जनकल्याण, नागेश्वरी, सुर्के आधारभूत विद्यालय, भगवती माविलगायत नौवटा विद्यालयका विद्यार्थी रहेका छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












