भूकम्पपीडितलाई घर बनाउन दोस्रो किस्ताको रकम दिन सरकारको ध्यानाकर्षण
काठमाडौं,१२ माघ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण कार्य शीघ्र सुरु गर्न सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
उहाँहरुले लोकतन्त्रको मुटुको रुपमा रहेको निर्वाचन (स्थानीय, प्रदेश र संसद्) विसं २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगको ध्यान दिन तथा तराई मधेसमा एक घर एक शौचालय बनाउने अभियान सञ्चालन गर्न माग गरे ।
दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि समेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्न समेत सरकार र सदनको ध्यानाकर्षण गराए ।
यसरी ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जङ्गली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली छन् । रासस
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












