४२ वर्षपछि साइटिस कानुन बन्दै
काठमाडौँ, माघ १३ गते । सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस) को पक्ष राष्ट्र भएको ४२ वर्षपछि त्यससम्बन्धी कानुन बनाउने तयारी गरेको छ ।
‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको विधेयक, २०७२’ को प्राप्त संशोधनमाथि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ ।
छलफलमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले कानुनको अभावमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको नियमन र व्यवस्थापनमा कठिनाइ देखिएकाले विधेयक ल्याउनुपरेको बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता गरेअनुरुप विधेयक अघि बढाइएको जानकारी गराउँदै मन्त्री भण्डारीले भन्नुभयो, “यो कानुन बनेसँगै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको चोरी निकासी नियन्त्रण गर्न सहज हुनेछ ।” नेपालले उक्त महासन्धिमा सन् १९७३ मा हस्ताक्षर गरी १९७५ देखि पक्ष राष्ट्र बनेको थियो ।
विधेयकको परिच्छेद २ को दफा ३ को उपदफा १ मा ‘कसैले पनि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरिद बिक्री गर्न, आफूसँग राख्न, प्रयोग गर्न, रोप्न, हुर्काउन, नियन्त्रित प्रजनन गर्न ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न वा गराउन हुँदैन’ भन्ने प्रावधान छ ।
त्यस्तै उक्त दफाको उपदफा २ मा ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि अनुमतिपत्र लिई तोकिएबमोजिम शर्तको अधिनमा रही दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना राख्न, प्रयोग गर्न, नियन्त्रित प्रजनन गर्न, ओसारपसार, निकासी वा पैठारी गर्न सकिने’ व्यवस्था छ ।
मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेलले उपरोक्त कानुनको अभावमा केही दुलर्भ वन्यजन्तु तथा वनस्पतिको व्यवस्थापन गर्न कठिनाइ भएको जनाउँदै यो कानुन राष्ट्रकै लागि गौरव हुने बताउनुभयो ।
विधेयकमाथि संशोधन दर्ता गराउनुभएका सांसद प्रेम सुवालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको संरक्षण र उपयोगको जिम्मेवारी व्यक्तिलाई दिन नहुने भन्दै त्यसको सट्टा सरकारी वा सार्वजनिक निकायलाई दिनुपर्ने धारणा राख्नुभयो । सांसद राजाराम स्याङ्तानले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सूची तयार गरी उत्पादन बढाउने प्रावधान पनि थप्नुपर्ने सुझाव दिनुभयो ।
समिति सभापति जनकराज चौधरीको अध्यक्षमा भएको छलफलमा पार्वत गुरुङ, सूर्यप्रकाश वाला राई, टुकराज सिग्देल, लिला मगर, कमला विक, वीरबहादुर बलायरलगायतले विधेयकमाथि परेका संशोधनका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
विधेयकमा दुर्लभ वन्यजन्तु वा सो नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै र दुर्लभ वनस्पति वा सोको नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












