४२ वर्षपछि साइटिस कानुन बन्दै
काठमाडौँ, माघ १३ गते । सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस) को पक्ष राष्ट्र भएको ४२ वर्षपछि त्यससम्बन्धी कानुन बनाउने तयारी गरेको छ ।
‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको विधेयक, २०७२’ को प्राप्त संशोधनमाथि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ ।
छलफलमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले कानुनको अभावमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको नियमन र व्यवस्थापनमा कठिनाइ देखिएकाले विधेयक ल्याउनुपरेको बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता गरेअनुरुप विधेयक अघि बढाइएको जानकारी गराउँदै मन्त्री भण्डारीले भन्नुभयो, “यो कानुन बनेसँगै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको चोरी निकासी नियन्त्रण गर्न सहज हुनेछ ।” नेपालले उक्त महासन्धिमा सन् १९७३ मा हस्ताक्षर गरी १९७५ देखि पक्ष राष्ट्र बनेको थियो ।
विधेयकको परिच्छेद २ को दफा ३ को उपदफा १ मा ‘कसैले पनि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरिद बिक्री गर्न, आफूसँग राख्न, प्रयोग गर्न, रोप्न, हुर्काउन, नियन्त्रित प्रजनन गर्न ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न वा गराउन हुँदैन’ भन्ने प्रावधान छ ।
त्यस्तै उक्त दफाको उपदफा २ मा ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि अनुमतिपत्र लिई तोकिएबमोजिम शर्तको अधिनमा रही दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना राख्न, प्रयोग गर्न, नियन्त्रित प्रजनन गर्न, ओसारपसार, निकासी वा पैठारी गर्न सकिने’ व्यवस्था छ ।
मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेलले उपरोक्त कानुनको अभावमा केही दुलर्भ वन्यजन्तु तथा वनस्पतिको व्यवस्थापन गर्न कठिनाइ भएको जनाउँदै यो कानुन राष्ट्रकै लागि गौरव हुने बताउनुभयो ।
विधेयकमाथि संशोधन दर्ता गराउनुभएका सांसद प्रेम सुवालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको संरक्षण र उपयोगको जिम्मेवारी व्यक्तिलाई दिन नहुने भन्दै त्यसको सट्टा सरकारी वा सार्वजनिक निकायलाई दिनुपर्ने धारणा राख्नुभयो । सांसद राजाराम स्याङ्तानले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सूची तयार गरी उत्पादन बढाउने प्रावधान पनि थप्नुपर्ने सुझाव दिनुभयो ।
समिति सभापति जनकराज चौधरीको अध्यक्षमा भएको छलफलमा पार्वत गुरुङ, सूर्यप्रकाश वाला राई, टुकराज सिग्देल, लिला मगर, कमला विक, वीरबहादुर बलायरलगायतले विधेयकमाथि परेका संशोधनका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
विधेयकमा दुर्लभ वन्यजन्तु वा सो नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै र दुर्लभ वनस्पति वा सोको नमुनासम्बन्धी कसुर गर्नेलाई कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












