एमआरआरका सदस्यहरूद्वारा दानुफांटा कैलालीमा कम्बल वितरण
काठमाडौं । युएईमा रहेका एमआरआरका साथीहरूको पहलबाट रू २५,००० संकलन भई एमआरआरले शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर-१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ । सदस्य कृष्ण ढकाल बाट पनि रु १,५०० सहयोग प्राप्त भएको थियो । राजमार्गबाट करिब १० कि.मि.भित्र रहेको उक्त गाउँमा हालसम्म बिजुली नपुगेको र विद्यालय जानको लागि एउटै खोला पाँच पटक सम्म तरेर जानुपर्ने बाध्यता रहेछ । जसले गर्दा बालबालिकाहरू वर्षायाममा विद्यालय जानबाट बन्चित रहेछन् । सो गाउंमा अन्यत्र अध्ययनरत एकजना भाईले मात्र फेसबुक चलाउंदा रहेछन् । जसलाई एमआरआर समूहमा समावेश गरि भविष्यमा सकेको सहयोगको लागि समन्वय गर्ने गरि टोली फर्किएको छ । स्थानीय प्रतिनिधि रूपक जोशी र मनोरम जोशीले ठाउँ पहिल्याई समन्वय गर्नुभएको उक्त कार्यक्रममा आवश्यक कम्बल जुटाई समूहका एड्मिन बिक्रम के।सी। पुगेका थिए । एमआरआर लभ बैंकका स्वयंसेवी नेत्र राना, सुबोध बुढाथोकी, ईस्माम अन्सारी, सन्तोष कुमार थापा, शर्माजीको सहयोगले बेलैमा कार्यक्रम गर्न सकिएको धनगढिमा रहेका अर्का एड्मिन मनिष थापाले बताए ।
Comments
अरु समाचार
-
फूलचोकीको जंगलभित्र १३ जना हराए, प्रहरीको खोजी टोली परिचालन
काठमाडौं । ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना हराएका छन् । उपत्यका प्रहरीको कन्ट्रोल रुममा आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...
-
जमिनबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने पक्राउ
काठमाडौं । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत...
-
टरिगाउँ विमानस्थल विस्तारको प्रयास
काठमाडौं । तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन्...
-
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
काठमाठौं । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव...