राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहीद दिवसको शुभकामना
काठमाडौं १६ माघ। शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले ज्ञातरअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी छन् ।
संविधानसभाबाट संविधान जारी भएसँगै शहीदहरुको सपना पूरा हुँदै गएको उल्लेख गर्दै उनले देशमा अब आर्थिक विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसको अवसरमा शुभकामना बक्तव्य जारी गर्दै शान्ति र विकाससहितको समुन्नतीका लागि सबैमा सहकार्य गरेर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
नेपालका विभिन्न राजनीतिक आन्दोलन सफल बनाउन शहीदहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त राजनीतिक उपलब्धी जोगाउँन राजनीतिक दलहरु एक हुनु पर्ने उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु ।’ शुभकामना बक्तव्यमा उल्लेख छ ।
‘आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातरअज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ प्रधानमन्त्री दहालद्वारा आइतबार जारी वक्तब्यमा भनिएको छ, ‘स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् शहीदहरूको योगदान सधैं स्मरणीय रहनेछ ।’
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












