लोडसेडिङ्ग अन्त्य गर्न खोज्दा मेरा विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा छन् : ऊर्जामन्त्री
काठमाडौं । लोडसेडिङ्ग अन्त्य गर्न खोज्दा आफ्ना विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा रहेको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् ।
पशुपति बहुमुखी क्याम्प अखिल क्रान्तिकारी इकाईले शनिबार राजधानीमा गरेको ‘अनुसन्धान तथा लेखन कार्यशाला’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
लोडसेडिङ्ग हटाउने क्रममा धेरै चुनौतीहरु आएका छन् उनले भने,’ यी चुनौतीहरुको सामना गरिरहेको छु । आफ्ना विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा छन् ,अनेक ठाउँबाट दर्जनौं दवाब, अनेक खालका घुर्कीधम्की आएका छन् मैले फेस गरिरहेको छु । तर, यस्ता कुराहरुको फेस गर्दै जाने क्रममा नयाँ कुराहरु पत्ता लाग्दै जान्छ ।’
कर्मचारीले जनतालाई ढाँटेर,आफ्नो जिम्मेवारप्रति इमान्दार नभएर लोडसेडिङ्ग भएको आफ्नो अनुसन्धानले पहिलो चरणमा प्रमाणित गरेको बताउँदै मन्त्री शर्माले नयाँ कुरा पत्ता लाग्दै जाँदा आफूले नेपालमा विद्युत उत्पादन गर्न सके बजार चाहे जति रहेको बताए । दशौं हजार मेगावाट विद्युत नेपालमै खपत गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको पनि उनले बताए ।
त्यस्तै अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष नगेन्द्र न्यौपानेले आसन्न स्ववियु निर्वाचनलाई प्रचारप्रसार गर्नका निम्ति ‘अनुसन्धान तथा लेखन कार्यशाला’ कार्यक्रम नगरिएको बताउँदै न्यौपानेले यो क्रार्यक्रम विद्यार्थीका लागि कोसेढुङ्गा भएको दाबी गरे ।
अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सचिव तथा पशुपति बहुमुखी क्याम्पस पूर्व इकाई अध्यक्ष मदन लिम्बूले फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सभापतिको लागि आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
अबको राजनीति शासकको रुपमा नभई स्वयंसेवाको रुपमा हुनुपर्छ । अखिल क्रान्तिकारी निर्वाचन मार्फत् शक्ति स्तान्तरण गर्न चाहेको बताउँदै लिम्बूले विद्यार्थीहरु सचेत हुन नसक्दा स्ववियुमा भ्रष्टाचार बढेको बताए । उनले भने,‘विद्याथीहरु सचेत हुन नसके स्ववियुमा हुने भ्रष्टाचार रोकिदैन । ’
फरक शैली फरक धार, विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने अखिल क्रान्तिकारीको प्रयास भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको हकहितको लागि जीवन उपयोगी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । जस अन्र्तगत ‘अनुसन्धान तथा लेखन कार्यशाला’ पनि हो । दुईसम्म चलेको कार्यशालामा प्रशिक्षक डा.पुष्प दमाईले प्रशिक्षण दिएका थिए । कार्यक्रम आइतबार समापन भएको छ । जीवन र शिक्षालाई जोड्नका लागि सबै तहका विद्यार्थीहरुलाई उपयोग होस् भन्ने हेतुले कार्यक्रम गरिएको लिम्बूले जानकारी दिए ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%AF%E0%A5%81-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%97%E0%A4%A4%E0%A4%BF%E0%A4%B5/
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












