लोडसेडिङ्ग अन्त्य गर्न खोज्दा मेरा विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा छन् : ऊर्जामन्त्री
काठमाडौं । लोडसेडिङ्ग अन्त्य गर्न खोज्दा आफ्ना विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा रहेको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् ।
पशुपति बहुमुखी क्याम्प अखिल क्रान्तिकारी इकाईले शनिबार राजधानीमा गरेको ‘अनुसन्धान तथा लेखन कार्यशाला’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
लोडसेडिङ्ग हटाउने क्रममा धेरै चुनौतीहरु आएका छन् उनले भने,’ यी चुनौतीहरुको सामना गरिरहेको छु । आफ्ना विरुद्ध दर्जनौं मुद्दाहरु अदालतमा छन् ,अनेक ठाउँबाट दर्जनौं दवाब, अनेक खालका घुर्कीधम्की आएका छन् मैले फेस गरिरहेको छु । तर, यस्ता कुराहरुको फेस गर्दै जाने क्रममा नयाँ कुराहरु पत्ता लाग्दै जान्छ ।’
कर्मचारीले जनतालाई ढाँटेर,आफ्नो जिम्मेवारप्रति इमान्दार नभएर लोडसेडिङ्ग भएको आफ्नो अनुसन्धानले पहिलो चरणमा प्रमाणित गरेको बताउँदै मन्त्री शर्माले नयाँ कुरा पत्ता लाग्दै जाँदा आफूले नेपालमा विद्युत उत्पादन गर्न सके बजार चाहे जति रहेको बताए । दशौं हजार मेगावाट विद्युत नेपालमै खपत गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको पनि उनले बताए ।
त्यस्तै अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष नगेन्द्र न्यौपानेले आसन्न स्ववियु निर्वाचनलाई प्रचारप्रसार गर्नका निम्ति ‘अनुसन्धान तथा लेखन कार्यशाला’ कार्यक्रम नगरिएको बताउँदै न्यौपानेले यो क्रार्यक्रम विद्यार्थीका लागि कोसेढुङ्गा भएको दाबी गरे ।
अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सचिव तथा पशुपति बहुमुखी क्याम्पस पूर्व इकाई अध्यक्ष मदन लिम्बूले फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सभापतिको लागि आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
अबको राजनीति शासकको रुपमा नभई स्वयंसेवाको रुपमा हुनुपर्छ । अखिल क्रान्तिकारी निर्वाचन मार्फत् शक्ति स्तान्तरण गर्न चाहेको बताउँदै लिम्बूले विद्यार्थीहरु सचेत हुन नसक्दा स्ववियुमा भ्रष्टाचार बढेको बताए । उनले भने,‘विद्याथीहरु सचेत हुन नसके स्ववियुमा हुने भ्रष्टाचार रोकिदैन । ’
फरक शैली फरक धार, विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने अखिल क्रान्तिकारीको प्रयास भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको हकहितको लागि जीवन उपयोगी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । जस अन्र्तगत ‘अनुसन्धान तथा लेखन कार्यशाला’ पनि हो । दुईसम्म चलेको कार्यशालामा प्रशिक्षक डा.पुष्प दमाईले प्रशिक्षण दिएका थिए । कार्यक्रम आइतबार समापन भएको छ । जीवन र शिक्षालाई जोड्नका लागि सबै तहका विद्यार्थीहरुलाई उपयोग होस् भन्ने हेतुले कार्यक्रम गरिएको लिम्बूले जानकारी दिए ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%AF%E0%A5%81-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%97%E0%A4%A4%E0%A4%BF%E0%A4%B5/
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












