मोर्चा नमाने पनि चुनाव घोषणाको तयारी
काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन्। १५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आज सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन्। स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे। प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायोे।‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ। यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ। तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ। स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन्। प्रधानमन्त्री दाहालले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन्। दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ। त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन्। निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सरकारले निभाउनुपर्ने भूमिकाका विषयमा सुझाव मागेका थिए। भेटमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री दाहाललाई निर्वाचनसम्बन्धी कानुन प्राप्त गर्नासाथ आयोगले आफ्नो काम अगाडि बढाउने अवगत गराएका थिए। प्रधानमन्त्री दाहालले पनि निर्वाचन कानुन पारित गराउन आफूले सक्दो पहल गरिरहेको भन्दै आजभोलि नै आवश्यक सबै कानुन पारित हुने बताएका थिए। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच १५ माघभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो। मोर्चाले मिति घोषणा गर्न असहयोग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि १५ माघ अगाडि चुनावको मिति घोषणा गर्नबाट सरकार पछि हटेको थियो। राजधानी दैनिकबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












