तातोपानी कुण्ड तीनदिनका लागि बन्द
गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो देखाएपछि तीन दिनसम्मलाई बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।
महायज्ञ अवधिभर २ बजे पछाडि कुण्डमा स्नान गर्न आएका बिरामी महायज्ञस्थलमा जाने गरेका छन् । कुण्डकी कर्मचारी मेखी खत्रीका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८–१०, १०–१२ र १२–२ बजेसम्म महिला र पुरुषले स्नान गर्ने गरेका छन् ।
अत्यधिक चाप रहेको कुण्डमा पुरुष र महिलाको स्नान गर्ने समय समेत निर्धारण गरिएको छ । महायज्ञलाई कुण्डमा स्नान गर्ने बिरामीले समेत आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन् ।
वार्षिक रु १८ हजारको हाराहारीले स्नान गर्ने कुण्डमा नियमित स्नान गरेर ग्यास्ट्रिक, बाथरोथ ‘युरिक एसिड’, ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिसलगायत रोग निको भएको पाइन्छ ।
यहाँ वीरेनुन र गन्धक ‘सल्फर’ तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियसको तातोपानी निस्कने मुहान रहेको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












