क्रान्तिको उपलब्धि संरक्षण गर्न स्थानीय निर्वाचन
काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताउनुभएको छ ।
माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताउनुभयो । केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उहाँले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको सङ्घर्ष भएको उल्लेख गर्नुभयो ।
स्थानीय निकायको निर्वाचन हुन नदिएर सङ्घीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।
परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पष्ट पार्दै उहाँले आगामी माघभित्र तीनवटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गर्नुभयो ।
विश्वव्यापी रुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो – ‘‘परिवर्तनलाई कसरी सङ्कटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो । त्यो काम केवल युवाले मात्रै गर्न सक्छन् ।’’
प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तीकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेको समेत बताउनुभयो ।
सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवम् वाइसिएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राख्नुभयो ।
वाइसिएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भए पनि युवा सङ्गठनबीच भने औपचारिक रुपमा एकता हुन सकेको थिएन । आजको बैठकले सबै युवा सङ्गठनलाई एकीकृत गरेर वाइसिएललाई पुनः सशक्त प्रभावकारी सङ्गठनका रुपमा अगाडि बढाउने निर्णय लिएको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












