आज ‘माघ १९’, त्यो कालो दिनको सम्झना…
काठमाडौं, १९ माघ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरी देशको शासन व्यवस्था हत्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा समेत लिने गरिन्छ । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरी मुलुकको सम्पूर्ण सत्ता हातमा लिने घोषणा गरेका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्षभित्र चुनाव गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेका थिए । सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो ।
शीर्ष नेता कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिएर सेन्सरसिप लागू गरिएको थियो । टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो भने ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो । राजाको सो कदम नै राजतन्त्र अन्त्यको प्रमुख कारण मानिन्छ । राजाको सो कदमपछि क्रमश सात दल र तत्कालिन माओवादी नजिकिएका थिए । त्यसपछि चर्किएको प्रमुख दलको आन्दोलनले राजा सम्झौता गर्न बाध्य भएका थिए । संसद पुनस्थापना र संविधानसभा निर्वाचन हुँदै गणतन्त्र स्थापना भएको थियो । माघ १९ यता यो १२ बर्षको अवधिका देशमा ठूल्ठूला राजनितिक परिवर्तन भएका छन् । जनता आफैले संविधानसभाबाट आफ्नो लागि संविधान जारी गर्न सफल भएका छन् तर २ सय ४० वर्षदेखिको राजतन्त्र अन्त्य गरी ल्याएको लोकतन्त्रको सुनिश्चिता अन्यौलमा परेको चिन्ता व्यक्त हुन थालेका छन् । संविधान कार्यान्वयन ठूलो चुनौतीको रुपमा लिइएको वर्तमान अवस्थामा एक अर्काको अस्तिव्व स्वीकारेर लोकतान्त्रिक व्यवस्थाका लागि एकजुट हुनुपर्ने आवश्यकता रहेको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












