‘प्राकृतिक सङ्कट व्यवस्थापनमा सरकारले ध्यान दिएको छ’
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक बनावटका दृष्टिकोणले नेपाल सङ्कटभित्र पर्ने मुलुक भएको र सङ्कट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताउनुभएको छ ।
इन्टिच्युट अफ क्राइसीस म्यानेजम्यान्ट इटडिज कलेजमा आजदेखि सुरु भएको ‘सङ्कटमा विज्ञान र प्रविधिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गदै उहाँले भन्नुभयो – “मुलुकमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिइरहेको छ । ”
प्रधानमन्त्री दाहालले नेपालमा भूकम्प, बाढीपहिरो, आगलागी, जलवायु परिर्वतनआदि जस्ता सङ्कटले गर्दा मानिसलाई बाँच्न र जीवनयापन गर्न कष्टपूर्ण हुने गरेको बताउँदै सङ्कटपछिको तयारीमा सरकारले ध्यान दिएको विचार व्यक्त गर्नुभयो ।
नेपालमा २०७२ सालमा गएको भूकम्पले ठूलो क्षति पु¥याएको र सो सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय, सरकारी तथा गैरसरकारीको सहयोग निकै उल्लेखनीय रहेको चर्चा गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सङ्कटको प्रभावकारी व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको छ भन्नुभयो ।
प्राकृतिक सङ्कटसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्नु महत्वपूर्णकार्य भएको उल्लेख गर्दै उहाँले गोष्ठीबाट आएका सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो ।
पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले नेपाल प्राकृतिक विपद् आइपर्नेमूलुक भएको हुँदा सङ्कट व्यवस्थापन गर्ने खालको गोष्ठी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सो कलेजका अध्यक्ष राम थपलियाले नेपालजस्तो विकासन्मुख देशमा प्राकृतिक सङ्कट समाधान गर्न र आगामी दिनमा आइपर्ने समस्याको पहिचन गर्नका लागि अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरेको जानकारी दिनुभयो ।
गोष्ठीले नेपालको सङ्कट व्यवस्थापनमा राष्ट्रियस्तरमा नीति निर्माण गर्न सरकारलाई सुझाव दिने तयारी रहको उल्लेख गर्दै नेपाल जोमिखपूर्ण देश भए पनि सो विषय ओझेलमापर्ने गरेको हुँदा वृहत छलफल जरुरी भएको उहाँको भनाइ थियो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












