‘नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना’
उर्लाबारी, २० माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ ।
बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो ।
मन्त्री शाहीले मन्त्री भएको चार महिना समय मध्ये तीन महिना धार्मिक पर्यटनको विकासका लागि देशका गाउँहरूमा घुमिरहेको बताउनु भयो । धर्मको नाममा कसैलाई गलत्याउन नहुने उल्लेख गर्दै उहाँले धर्मका नाममा राजनीति र राजनीतिलाई धर्मसँग तुलना गर्न नमिल्नेमा जोड दिनुभयो । पुराण अनुष्ठान भन्नासाथ स्थानीयसँग पैसा संकलन गर्ने संस्कृतिले हिन्दु धर्मलाई कमजोर पार्ने धारणा राख्दै मन्त्री शाहीले स्वत स्फुर्त रुपमा धर्मानुरागी बाट प्राप्त दानले मात्र सत्कर्म पछ्याउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले मरेका बुवाआमाको नाममा गरिने दान र पुराण भन्दा जीवित छदैं गरिने सेवा भाव अझ महत्वपूर्ण हुनेमा जोड दिँदै अहिलै जेष्ठ नागरिकको सेवा गर्न अनुरोध गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीनकुमार विश्वकर्माले पुराण अनुष्ठानहरूले सामाजिकीकरण बढेको बताउनु भयो । जातीय,धार्मिक र सामाजिक भेदभावको अन्त्यका लागि पुराणले जागरण ल्याएको उहाँको भनाई थियो । धार्मिक स्वतन्त्रताले कसैको पनि अधिकार कुण्डित नगर्ने चर्चा गर्दै उहाँले धर्मका नाममा भइरहेको विबादले समस्या समाधान नगर्ने बताउनु भयो ।
केन्द्रीय वाल कल्याण समितिका अध्यक्ष एवं कार्यक्रमका संयोजक डिल्लीराम गिरीको सभापतित्वमा भएको उद्घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला,योग प्रशिक्षक लोकनाथ खनाल र स्थानीय उच्च माविका प्रधानाध्यापक रामचन्द्र पण्डितले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
एकीकृत हातेमालो समाजको आयोजनामा भएको सप्ताह ज्ञान महायज्ञमा पण्डित बैकुण्ठशरण उपाध्यायले कथावाचन गर्नुहुने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












