दलितलाई छुटको प्रक्रिया झन्झटिलो
पथरी (मोरङ), २० माघ । दलितलाई रजिस्ट्रेसन पासमा थैली अङ्कका आधारमा दिइने २५ प्रतिशत छुट्को प्रक्रिया झन्झटिलो हुने गरेको छ ।
सरकारको झन्झटिलो प्रक्रियाले सो सेवाबाट उनीहरु वञ्चित भएका छन् । तर सरकारले दलित समुदायका लागि घरजग्गा रजिस्ट्रेसनमा थैली अङ्कका आधारमै २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
झन्झटिलो प्रक्रिया, दलित समुदायमा चेतनाको कमी र सरकारी सेवा सुविधाका विषयमा प्रचारप्रसार हुन नसकेका कारण सेवा लिनबाट सो समुदाय वञ्चित हुने गरेको कार्यालयका मालपोत अधिकृत दाताराम घिमिरेको भनाइ छ ।
उहाँले भन्नुभयो, “घरजग्गा रजिस्ट्रेसन दस्तुरमा पाउने २५ प्रतिशत छुटका लागि स्थानीय निकायको सिफारिस चाहिने र सिफारिस नल्याई छुट दिन मिल्दैन, त्यसैले छुट लिन त्यति आएको पाइँदैन ।” मालपोत कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ३१ हजार एक सय ८० लिखत पास भएका छन् ।
त्यस्तै, आव २०७२÷७३ मा २५ हजार नौसय ९० लिखत पास भएको छ भने चालु आवको पुस मसान्त सम्ममा १३ हजार ६ सय ६२ लिखत पास भएका छन् जसबाट आव २०७१÷७२ मा मात्र २८ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी, आव २०७२÷७३ मा ३३ करोड ४६ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने चालु आवको पुस मसान्त सम्ममा २७ करोड ३२ लाख ३२ हजार रुपैयाँ घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट राजस्व असुली भएको छ ।
हजारौँ लिखत पास भएपनि दलित समुदायका व्यक्तिले रजिस्ट्रेसन दस्तुरमा छुट पाएको भने कार्यालयमा कुनै रेकर्ड भेटिँदैन । जग्गा रजिस्ट्रेसन गराउँदा सबैभन्दा पहिला सेवाग्राही लेखापढी कानुन व्यवसायीकहाँ जाने गरेका छन् । लेखापढी कानुन व्यवसायीले भने दलित समुदायलाई दिएको सुविधाका विषयमा जानकारी गराउन झन्झटिलो मान्ने गरेको खुलासा भएको छ ।
उनीहरुले दलित समुदाय नै सिफारिसको झन्झटमा पर्न नचाहने गरेको तर आफूहरुले भने दस्तुरमा छुट हुने कुरा जानकारी गराउने गरेको लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सचिव सरोज घिमिरेले दाबी गर्नुभयो ।
दलित अधिकारकर्मी किशोर विश्वकर्माका अनुसार राज्यले दलित समुदायको हितमा विभिन्न खाले नीतिनियम बनाए पनि झन्झटिलो प्रक्रियाका कारण छुट लिने सेवाबाट वञ्चित भएका हुन् । उहाँले भन्नुभयो, “सरकारले घरजग्गा राजिस्टे«सन दस्तुरमा छुट दिँदै आएको भए पनि आम दलित समुदायलाई जानकारी नै नभएको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












