सोलुखुम्बुमा औषधि अभाव,टाउको दुख्दा खाने सिटामोल पनि छैन
सल्लेरी (सोलुखुम्बु), २० माघ । यहाँको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीको गुनासो छ ।
घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्कनुभएका स्थानीय श्याम विश्वकर्माले बताउनुभयोे ।
यतिबेला जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासा आइरहेका छन् । सम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरुले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको मुक्लिका मिलन कार्कीले बताउनुभयो ।
जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिल्न, परिवार नियोजनका साधनलगायतको औषधि अभाव भएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।
देउसा स्वास्थ्य चौकी देउसाकी मासिका रामकुमारी राईका अनुसार एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो । दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको मासिका राईले बताउनुभयो ।
इलाका स्वास्थ्य चौकी नेलेमा पनि सामान्य औषधि अभाव भएको करिब २० दिनुभयो, औषधि माग गरियो तर पूर्ति हुन सकेन जसकारणले गर्दा सेवाग्राहीको गाली सहनुपरेको स्वास्थ्य सहायक नमुना पुनले गुनासोे गर्नुभयो । निःशुल्क पाउने औषधि छैन, बिरामी आउँछन् चेकजाँचपछि मेडिकल जानुहोस् भन्छौँ, अनि बिरामी भन्छन् ।
औषधि माग गरिएको भए पनि जिल्लाबाट पूर्ति नहुँदा स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवन लामाका अनुसार बजेट अभावका कारण समयमा नै औषधि पूर्ति हुन सकेन ।
आव २०७३÷७४ मा स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३० लाख मुल्यबराबरको औषधि टेन्डर प्रक्रियाबाट खरिद गरी वितरण गरिएको भए पनि करिब २० दिनयता जिल्लामा नै औषधि अभाव भएको हुँदा स्वास्थ्य केन्द्रमा औषधि पठाउन नसकेको सूचना अधिकारी लामाले बताउनुभयो ।
औषधि अभाव सुरु भएसँगै १५ दिन अगाडि नै क्षेत्रिय मेडिकल स्टोर विराटनगरमा आवश्यकताअनुसार औषधि माग गरिएको भए पनि ढुवानीका कारण औषधि ल्याउन ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सिटामोल, मेट्रोनटाजोल, एमोक्सिलन, परिवार नियोजनका साधन माग गरिएको र हप्ता दिनभित्र औषधि प्रत्येक स्वास्थ्य केन्द्रमा पुगिसक्ने र उपचार सेवामा सहजता आउने पनि सूचना अधिकारी पवन लामाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












