काठमाडौं आएपछि मात्रै विजुली देखेका कुलमान घिसिङको जीवन यात्रा
राजधानीलाई लोडसेडिङ्गमुक्त बनाएर एकाएक चर्चामा आएका पात्र हुन् कुलमान घिसिङ । आम सर्वसाधरण यतिबेला कुलमान घिसिङप्रति कृतज्ञ छन् । उनी नेपाल विद्युत प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त भएका थिए । प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामै उनले जादुमय तरिकाले राजधानीलाई लोडसेडिङ्गमुक्त बनाइदिए। लोडसेडिङ्ग अन्त्यको नारा लगाएर विगतमा राजनीतिक दलका धेरै नेताले चुनाव जिते, कति सरकार बने, कति मन्त्री बने । तर, लोडसेडिङ्ग अन्त्य गर्ने नारा नारामै सीमित भएको थियो । तर, विद्युत प्राधिरकणको नेतृत्व सम्हालेलगत्तै चोरी र चुहावट रोकेरै उनले राजधानीलाई झलमल्ल पारिदिएका छन् ।
‘जादुमय’ काम गर्ने कुलमान आखिर को हुन त ?
कुलमान घिसिङ रामेछापको एउटा दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा गाउँमै वित्यो। विकट गाउँमा जन्मिएकाले टुकी बालेर पढ्दा निधारमा झरेको उनको कपाल धेरै पटक जल्यो । नाकमा धेरैपटक कालो ध्वाँसो बस्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । जब कुलमान काठमाडौँ आए त्यसपछि मात्रै उनले यहाँ विजुली देखेका हुन् । ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ उनी भन्छन्, ‘गाउँमा मट्टितेलवाला टुकी बालेर पढिन्थ्यो । कहिलेकाहीँ निधारसम्म झरेको कपाल जल्थ्यो कहिले नाकभरि ध्वाँसो बस्थ्यो ।’
काठमाडौँ आएपछि उनले बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रीकल इन्जिनियरिङ गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। यसर्थ कुलमान एउटा इन्जिनियरमात्रै होइनन् उनी एक कुशल व्यवस्थापक पनि हुन् । उनको पढाइ र कामको तादाम्यताले पनि अहिले मुर्त रुप पाएको छ ।
पेशागत यात्रा
सुन्नलाई कुलमान घिसिङ नसुनेको नाम होइन । उनी यसअघि पनि विवादमा आइसकेका व्यक्ति हुन् । तर, यसअघि उनी राजनीतिक खिचातानीको सिकार भएका थिए ।
कसरी राजनीतिक ढाल बने ?
सन् १९९४ मा इन्जिनियरिङ सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका उनी पछि सो योजनाबाट हटाइए । त्यतिबेला उनी तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीको दबाबमा जिम्मेवारीबाट हटाइएका थिए । आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।
प्राधिकरणको प्रबन्ध निर्देशक
११औँ तहका कर्मचारी रहेका घिसिङ गत भदौ २९ गत नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भए। प्राधिकरणको निर्देशकमा नियुक्त भएपछि उनी जादुमय तरिकाले राजधानीलाई लोडसेडिङ्गमुक्त बनाएर चर्चामा छन् । यसबाट उनले मुलुकमा तत्काल लोडसेडिङ्ग अन्त्यको सम्भावनामात्रै पुष्टि गरेनन्, यहाँ बर्षौदेखि सर्वसाधरणलाई मारमा पारेर सीमित व्यक्तिले विजुलीको व्यापार गरिरहेको कुराको समेत सांकेतिक पर्दाफास गरेका छन् । साँच्चै देश र यहाँका नागरिकप्रति समर्पित भएर काम गर्ने हो भने धेरै कुराको सम्भाव्यता रहन्छ भन्ने कुराको उदाहरण कुलमानले देखाएका छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...














