तीन वर्ष भित्रमा बन्ने भयो ‘काठमाडौं भ्यू टावर’
काठमाडौ २१ माघ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडाैं भ्यू टावर’ को निर्माण सुरु भएको छ। करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो। निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो। गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेपछि यसको निर्माण कार्य अघि बढेको हो। यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ। भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए। ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तारै अरू तल्ला निर्माणको अनुमति दिइन्छ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे। ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ।’ उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ। भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ। निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए। ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिकजाम पनि कम हुन्छ,’ उनले भने। न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए। राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ। टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ। टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ। टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन्। जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ। सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ। टावर निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ। जमिनको प्रत्येक वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ। टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्नेछ। कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए। तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...












