तीन वर्ष भित्रमा बन्ने भयो ‘काठमाडौं भ्यू टावर’
काठमाडौ २१ माघ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडाैं भ्यू टावर’ को निर्माण सुरु भएको छ। करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो। निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो। गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेपछि यसको निर्माण कार्य अघि बढेको हो। यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ। भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए। ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तारै अरू तल्ला निर्माणको अनुमति दिइन्छ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे। ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ।’ उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ। भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ। निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए। ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिकजाम पनि कम हुन्छ,’ उनले भने। न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए। राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ। टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ। टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ। टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन्। जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ। सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ। टावर निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ। जमिनको प्रत्येक वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ। टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्नेछ। कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए। तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












