स्यालको टोकाइबाट हुम्लामा ४ जना घाइते, दुईको अवस्था चिन्ताजनक
सिमकोट २१ माघ । हुम्लाको मैला गाविसमा जंगली स्यालले टोकेर चार जना घाइते भएका छन् ।
मैला गाविस १ देखि ९ वडा सम्मका बनहरुमा काम गर्न गएको वेला अचानक जंगली स्यालले आक्रमण गर्दा मैला ५ की १५ वर्षिया शान्ति शाही, ३ कि ३१ वर्षिया बिउरा बुढा, मैला १ का १४ वर्षिय बर्सिंग चँदारा, नरविर धामी घाइते भएको मैला ५ का हेमबहादुर शाहीले जानकारी दिनु भएको छ । घाइते मध्ये शान्ति र धामीको स्थानीय स्तरमा उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्माले जानकारी दिनु भयो । घर आसपासै बाटोमा हिडिरहेका बेला चर्को श्वरमा कराउँदै आएका जंगली स्यालले आएर एकासी चिथोरेपछि चार जना घाइते भएका हुन् । स्यालको टोकाइबाट २ भैसी समेत मरेका छन् । गएको एक साता देखि जंगली स्यालको आक्रमणले मौ गाविसका स्थानीय बासिन्दाहरु लाई समेत त्रास बनाएको छ । अहिले कुनेै पनि निकायाले त्यसको नियन्त्रणका बारेमा कुनै पहल नभएको समेत मैला स्वास्थ्य चौकी इन्चार्ज शर्माले बताए ।
त्यस्तै हुम्लाको सदरमुकाम सिमकोटकै मानसरोवर बहुमूखि क्याम्पसमा भेटिएको बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिए पारेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नो क्षेत्रको सरसफाई गर्ने क्रममा भेटिएको संकाष्पद बमलाई आज सुरक्षित रुपमा निष्क्रिए पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिनु भयो । तत्कालिन बिद्रोही नेकपा माओवादीले शुरु गरेको शसस्त्र द्धन्द्धबाट आत्म सुरक्षाका लागि सुरक्षाकर्मीले आप्mनो पेरिमिटरमा बम राखेको हुन सक्ने समेत जिल्ला प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












