दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो
बर्दिवास, २२ माघ । ‘गरिब के कोनो जिन्गी अई हुजुर’ ‘गरिबको कुनै जिन्दगी हुन्छ र हजुर’ कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका महोत्तरी र्बिर्दवास–८ फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले सबैसँग यस्तै बिलौना गरिरहेका भेटिन्छन् ।
गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भँैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् ।
‘धनले गरिब छि, मुदा मन सऽ नईर्,’ ‘धनले गरिब छु, मनले होइन’ रामप्रकाशले भने– ‘सम्धीकै एकलाख ६० हजार नगद आ एकलाख ९० हजार मूल्यके नव्का मोटरसाइकल देली’ ‘सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ’ । रामप्रकाशले अगाडि भने– ‘मुदा, कुटुम्ब हमर दिकत नई बुझ्लैन्’ ‘तर, कुटुम्बले मेरो अप्ठ्यारो बुझेनन्’ ।
रामप्रकाश र धनुषाको कान्छिबजारका बेहुलाका बाबु दुखी कापरबीच बिहेमा एउटा होन्डासाइन मोटरसाइकल र नगदसहित साढे तीन लाख दाइजोमा कुरा मिलेर सो रकम बिहेअघि नै पूर्ति गरिए पनि बिहेमा खानाखाने बेलामा दुलहा रौदी कापरले लैनो भैंँसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृताको घर नभएको पूmलबारी टोलका बासिन्दा बताउँछन् ।
‘रामप्रकाश भैया त एकसाल वाद भैँंस सेहो देवाक बतौने छला, मुदा दुलहा मरवा सऽ निकैलक माइरपिटमे उतइरगेला’ ९रामप्रकाश दाइले त भैँंसी नै पनि एक वर्ष दिउँला भन्नुभयो, तर दुलहा त मरवा ‘विवाह यज्ञस्थल’बाट निस्केर कुटपिटमै ओर्लनुभयो’ बस्तीमा रामप्रकाशले भाइ नाता लगाउने गणेशी महतोले भने ।
विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको गणेशी महतोसहितका पूmलबारी बस्तीका बासिन्दा बताउँछन् । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् । सहमति भएको रकमसँगै दुलहाको पोसाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बाङ्गिएका रामप्रकाश बताउँछन् ।
‘बेटिके ब्याहके लेल जे जेना मगलक्, तेहिना जमिन बेच्क ढेउवा व्यवस्था कैली, आब सबकुछ् हात सऽ छुटल’ ‘छोरीको बिहेका लागि ज–जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाए, अब सबै कुरा हातबाट गयो’ – रामप्रकाशले लामो सुस्केरा लगाउँदै दुःख पोखे ।
यता, बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको बताएका छन् । ‘खाने बेलामा ससुराली पक्षसँग केही सामानका लागि दङ्ग््याउने त मैथिल स्थापित परम्परा नै हो नि ‘’ बेहुला पक्षका सभ्रान्तजस्ता देखिने एक जनाले छलफलमा भन्दै थिए– ‘दुलहाले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास–परिहास न हो, सक्नेले दिन्छन्, नसक्नेले बेहुलालाई कुराले मनाएर ख्वाउन लगाउँछन् ।’ बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरु दुलाहाकै नेतृत्वमा धक्कामुक्कामा ओर्लिएका दुलही पक्षको भनाइ छ ।
यता आफ्नो बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखे बुझेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षअघि नौ कक्षा उत्तीर्ण गरेर पढाइ थन्किएकी अमृताले नेपालीमै भनिन्– ‘दुष्ट रहेछन्, जग्गेमै धक्कामुक्कामा ओर्लिए, सायद म त्यो घरमा सञ्चसँग बस्नसक्ने थिइन होला, जे हुनु भयो । अब पढ्न पाए हुन्थ्यो ।’ आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सीप आर्जन गर्नसके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउनसक्ने अमृताको विश्वास छ ।
बिहे भएर घर ९बेहुलाको घर० नै नपुगी परिबन्दले दुई दिनपछि नै सिन्दूर पुछेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन । गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन् । आफन्तसँगको कुराकानीमा रामप्रकाशका परिवारजन छोरीलाई पढ्न पठाउनभन्दा अर्को केटा खोजेर बिहे गरिदिने कुरामा लागेका देखिने गरेको सो बस्तीका उनका छिमेकी बताउँछन् ।
यसैबीच, महिला अधिकार क्षेत्रमा क्रियाशील महिला नेत्री अन्तर पार्टी महिला सञ्जाल बर्दिवास नगरकी अध्यक्ष शारदा थापाको मनमाफिक दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कार्बाहीको दायरामा ल्याउनुपर्ने भनाइ छ । रासस
Comments
अरु समाचार
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...












