फ्रिकिक गोलमा मेसीले बनाए कीर्तिमान
बार्सिलोनाको प्ले मेकर लियोनल मेसीले स्पेनिस लिगमा फ्रिकिकमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । मेसीले रोनाल्ड कोएम्यानले राखेको सर्वाधिक फ्रिकिक गोल तोडेका हुन् । स्पेनिस लिगमा शनिबार राति मेसीले एथलेटिको विल्बाओेविरुद्ध फ्रिकिक गोल गर्दै रोनाल्डको रेकर्ड भंग गरे । मेसीले बार्सिलोनाका लागि २७ फ्रिकिक गोल गरेका छन् । रोनाल्डको नाममा २६ फ्रिकिक गोल थियो । यस सिजनमा मेसीले चारपटक फ्रिकिकबाट गोल गरेका छन् ।
रियलसँग दूरी घटाउँदै बार्सिलोना
बार्सिलोनाले लिगमा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दूरी घटाएको छ । विल्बाओमाथि ३–० को जित निकाल्दै बार्सिलोनाले रियलसँग अंक दूरी एकमा झारेको छ । रियलले १९ खेलबाट ४६ अंक जोडेको छ । बार्सिलोनाले २१ खेलबाट ४५ अंक बटुल्यो । सेभिल्लाले २१ खेलबाट ४३ अंक जोड्यो । अघिल्लो साता सेभिल्ला दोस्रो स्थानमा थियो । एथलेटिको म्याड्रिड ३९ अंकका साथ चौथो स्थानमा छ ।
पहिलो हाफमा दुई गोल
बार्सिलोनाले विल्बाओविरुद्ध मध्यान्तरअघि नै २–० को अग्रता लिएको थियो । मेसीले नै फ्रिकिक गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको ४०औँ मिनेटमा पाको एकासेरले बार्सिलोनालाई २–० को स्थितिमा पु¥याए । यसै सिजन उनी भ्यालेन्सियाबाट २ करोड ७० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए । बार्सिलोनाका लागि पहिलो डेब्यु गोल गर्दा उनी निकै खुसी देखिए । खेल सकिनुभन्दा २३ मिनेटअघि एलेक्स भिडालले बार्सिलोनालाई ३–० को बलियो स्थितिमा पु¥याए ।
सिजनकै सय गोल
मेसीले व्यक्तिगत रेडर्क बनाउँदा बार्सिलोनाले आइतबार अर्को कीर्तिमान पनि स्थापित गरेको छ । यस सिजनमा सयौँ गोल गर्ने बार्सिलोना युरोपकै पहिलो क्लब बनेको छ । स्पेनिस क्लब रियलले यस सिजनमा ९८ गोल गरेको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












