संविधान संशोधन विना निर्वाचन असम्भव
सशस्त्र युद्धको समयलाई हिसाव नगर्ने हो भने पनि हामी विगत झण्डै एक दशकदेखि संक्रमणकालिन अवस्थामा रहँदै आएका छौँ । मुलुक करिव एक दशक अन्तरिम संविधानका आधार चल्यो । गत वर्ष जसोतसो संविधान बन्यो । तर, त्यसपछिको अवस्था झन् जटिलतातिर गयो । संविधान बनेको चार महिना नवित्दै संविधान संशोधन गर्नुप¥यो । त्यो संशोधनमा पनि मधेसवादी र आदिवासी जनजाति दलहरु सन्तुष्ट नभएर अहिले फेरि चार बूँदे संशोधान प्रस्ताव सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको छ । यो संशोधनमा पनि उक्त दलहरु असन्तुष्ट हुँदै थप संशोधनको माग गरिरहेका छन् । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नदिने र भाग नलिने चुनौती दिंदै आएका छन् । यसले संविधान कार्यान्वयनमा जटिलता थपेको छ । संविधानमा उल्लेख भए अनुसार चल्ने हो भने आगामी माघ सात गते भित्र तीनै तह स्थानीय तह,प्रादेशिक र केन्द्रको निर्वाचन गरिसक्नुपर्ने छ । तर, अहिलेसम्मको अवस्थालाई हेर्दा त्यो बेलासम्म कुनै पनि तहको निर्वाचन हुन सक्ने लक्षण देखिएको छैन ।
अहिलेको अवस्थामा मधेशवादी दल देशको राजनीतिक समस्याको मुख्य बाधक बनेका छन् । उनीहरूको यो बखेडा सत्ता बाहिर बस्नुपर्दाको पीडा र विदेशी शक्तिको इसारामा संचालन भए बाहेक भन्दा केही हुँदै होइन । यदि मधेशी दलहरूलाई सरकारमा सहभागी गराइदिने हो भने एकाध मधेसवादी दल बाहेकका दलहहरू आप्mनो मुद्दालाई पैताला मुनी हालेर साँझमा गोठ फर्केका चौपाया जसरी खुसीका साथ सिंहदरबार भित्र पस्नेछन् ।
संविधान जारी गर्दा नै देशका कतिपय भागमा कफ्र्यु लागेको थियो भने कतै राज्यले बल प्रयोग गरिरहेको थियो । यो सबै भारतले खेलेको खेल थियो । खासमा भन्ने हो भने नेपालको संविधान निर्माणमा भारतले सिधै हस्तक्षेप गरेको अवस्था हाम्रा सामु छर्लङ्गै छ ।
एउटा छिमेकीको आन्तरिक मामिलामा अर्को छिमेकीले ठाडै हस्तक्षेप गर्नु कुटनीतिक मर्यादा विपरीत हुन जान्छ । तर, ठूलो माछाले सानो माछालाई खान्छ भने झैँ भारतले नेपाललाई अलि अलि गरेर निल्न खोज्दै छ । मधेशवादी राजनीतिक दललाई अहिले भारतले उचाल्नुले पनि त्यही संकेत दिइरहेको छ । आजभोलि यस्ता हल्ला पनि सुनिन थालेको छ कि अब भारतले नेपालको तराई–मधेसलाई टुक्राएर छुट्टै देश बनाउने र पछि भारतमा विलय गराई एउटा प्रान्तमा सीमित बनाउन खोज्दैछ । यी र यस्ता हल्ला कसैले बेफ्वाँकमा चलाएको पक्कै होइन होला । भारतीय गुप्तचर निकायका पूर्व उपप्रमुख आरके यादवले त्यो कुरा मिसन र पुस्तकमा उल्लेख गरेका छन् । त्यसै भएर कुनै बेला त्यो यथार्थमा परिणत हुन नसक्ला भन्न सकिन्न ।
जनताले संविधान लेख्न पाए या पाएनन्, जनताले भनेका कुरा संविधानमा लागू भए कि भएनन् ती कुरा आफ्नै ठाउँमा छ तर नेपालको संविधान २०७२ लाई जनताले लेखेको जनताको संविधान भन्ने गरिएको छ । यसरी जनताले लेखेको जनताको संविधान भनेर हामीले भन्न पाएका छौं ।
यसलाई देशका सबै जनताले स्वीकारेको अवस्था छैन । यसैलाई सर्ब स्वीकार्य बनाउनको लागि नेपालको संविधान २०७२ को दोस्रो संशोधन प्रस्ताव अहिले संसदमा पेश भएको अवस्था हो तर एमाले लगायतका झन्डै नौ प्रतिपक्षी दल र सत्ता घटक दलकै अधिकांश नेता यो प्रस्ताव पारीत गराउन दिनै हुन्न भन्ने अडानमा छन् । सत्तारुढ दल र मधेशी दलहरू जसरी भए पनि यसलाई पारीत गराइ छाड्ने अडानमा छन् । यसले गर्दा अहिले संसदमा टेवल भएको संविधान संशोधनको प्रस्ताव मजधारमै रहेको छ । यसलाई संसदमा भोटिङ् नै हुन दिएपनि पारित हुने अवस्था देखिदैन ।
राप्रपाले यथास्थितिमा संविधान संशोधन गर्न नदिने वताईसकेको छ । त्यसैले पनि संविधान संशोधनका पक्षमा सत्तारुढ दलहरुले दुई तिहाई बहुमत तत्कालै जुटाउन सक्ने अवस्था छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संविधान संशोधनको एजेण्डामा छलफलमा नै जान चाहदैन । एमालेको आपत्ती प्रदेशको सिमाङ्कन हेरफेरमा रहेको छ । सिमाङ्कन हेरफेर आयोगको सिफारिशमा र सम्बन्धित प्रदेश सभाको सुझावपछि मात्र हुन सक्छ भन्ने रहेको छ ।
यदि यो प्रस्ताव पारीत नै भएछ भने पनि यो सर्व स्वीकार्य बन्न त सक्दैन, किनकी हामीले कुनै पनि देशमा सबैले मानेको संविधान देखेका छैनौँ र नेपाल पनि त्यो भन्दा बाहिर जान सक्दैन । प्रस्ताव पारित हुने अवस्था नदेख्दा नदेख्दै पनि प्रतिपक्षी दलले त्यसको विरोध गर्नु कुनै औचित्य छैन । उनीहरूको एउटा निहुँ खोज्ने बाटो हो ।
संविधानसभाको पहिलो निर्वाचन अघिसम्म मधेसवादी दलहरूको कुनै नामो निशाना थिएन । औँलामा गन्न सकिने दुई चार वटा दलमात्रै मधेसतिर फाट्टफुट्ट देखिन्थे । तर, पहिलो संविधानसभाको निर्वाचन हुने भएपछि काँग्रेस, एमाले र राप्रपा लगायतका दल छोडेर गएका केही नेताहरूको नेतृत्वमा मधेशमा राजनीतिक दलहरूको विजारोपण हुन थालेको हो । यसको शृङ्खला अहिलेसम्म निकै धेरै पुगिसकेको छ । र, तिनै टुक्रे दलहरू मिलेर अहिले आफ्नो भाग मागिरहेका छन् । यद्यपी उनीहरूले यो संविधान बन्नु अघिको भन्दा ठूलो भाग यो संविधानमा पाइसकेका छन् ।
यति बुझ्दाबुझ्दै पनि भारतको उक्साहटमा मधेसी दलहरू पानीमा तैरिएको तेल झैँ बगेर देशलाई टुक्राटुक्रा पार्न उद्यत भइरहेका छन् । संविधान संशोधनले मात्रैले पुग्दैन,यसलाई पुर्नलेखन गर्नु पर्छ भन्ने राजनीतिक दल पनि मधेशमा उब्जिएका छन् । यो माग उनीहरूको आफ्नै होइन जबकी उनीहरूलाई कसैले पैसामा किनिरहेका छन् । वास्तवमा भन्ने हो भने मधेसी दलको माग पूरा गरेर कहिल्यै पनि सकिँदैन । किनकी उनीहरूले एउटा माग पूरा भएपछि अर्को माग तेस्र्याई हाल्छन् । त्यही क्रम हो संविधान संशोधनको माग राखेर आन्दोलनमा उत्रिएको मधेशी मोर्चा । त्यो पूरा हुने लक्षण देखिनासाथ पुर्नलेखनको मागमा अगाडि बढेको छ । यसरी एक पछि अर्को माग अगाडि सार्दै जाने मधेशी दलको माग पूरा गर्न तिर लाग्यो भने देश टुक्रिने वा भारतको प्रान्त बन्न जाने निश्चित छ ।
यदि संविधानको कार्यान्वयन तर्फ जाने हो भने स्थानीय तहको निर्वाचन नयाँ व्यवस्था अनुसार हुनपर्छ । जसको लागि प्रदेश सिमाङ्कनको विवाद निर्वाचनमा जानुभन्दा अगाडि टुङ्ग्याउनु अनिवार्य छ । त्यसको लागि संविधान संशोधन वा अहिलेकै अवस्थामा राष्ट्रिय सहमतिको आवश्यक जरुरी छ ।
यदि पूरानै संरचनाको आधारमा चुनावमा जाने हो भने त्यसले संविधानको कार्यान्वयन भएको ठहर गर्दैन । दलहरूका बीचमा यो पनि विवादको मुख्य विषय बनेको छ । पुरानै स्थानीय निकायको आधारमा निर्वाचनमा जाने कि नयाँ संरचनाको आधारमा भन्ने विषयमा पनि दलहरु सहमत हुन सकेका छैनन् ।
केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रबादको चर्का कुरा गरेको हुँदा केही मानिस उनको पक्षमा लागेका छन् । जसले गर्दा तत्काल निर्वाचनमा जान पाए आफ्नो पोल्टामा भारी मत आउनेमा एमाले ढुक्क छ । माओवादी केन्द्रको यो बेला जनाधार खस्केको हुँदा ऊ चुनावमा जान आलेटाले गरिरहेको छ । काँग्रेसलाई भने यो सरकारलाई स्थानीय तहको निर्वाचन गराउन ताकेका लगाउन पाए त्यसपछि सत्तामा आफू पुग्न पाइन्छ भन्ने उत्सुकता छ ।
राप्रपा चौथो शक्तिबाट तेस्रो शक्ति बन्न निर्वाचनको कुरा गरिरहेको छ । अरु साना दल सधै जसो यसो गरेनी ठीकै उसो गरेनी ठीकै भन्ने पक्षमा देखिन्छन् । उनीहरूले चुनावै भए पनि आफ्नो स्थान बलियो हुने आधार खासै देख्दैनन् । बाहिर सरसर्ती हेर्दा अहिले चुनावको विपक्षमा कुनै पनि दल देखिँदैनन् तर भित्रभित्रै माओवादी केन्द्र नै चुनावमा जान नचाहेको जस्तो देखिन्छ ।
जसले सरकारको नेतृत्व गरिरहेको छ उही दल निर्वाचनमा जान चाहेन भने अरु दल वा नेता तातेर कुनै अर्थै छैन । अहिले निर्वाचनको मिति घोषणा भएकै छैन तर पनि विभिन्न दलका नेताहरू चुनावी प्रचार प्रसारमा लाग्न थालेका छन् । यो भनेको त ताप्के नताती बिँड तात्नु भने जस्तो मात्रै हो । हाम्रा राजनीतिक दलहरू समस्याको अन्तिम घडीमा आएर मिल्ने गरेको उदाहरण धेरै छन् । त्यसैको आधारमा निर्वाचनको विषयमा पनि उनीहरू मिल्लान् भन्ने आशा जिवित छ । कसैले पनि मेरो गोरुको ५० हजार भन्ने ढिपी नगरी केही लेनदेनमा सहमति गर्ने हो भने सहमति धेरै टाढा देखिँदैन । तर यहाँ जे जति बार्गेनिङ् हुने गर्छ ती सबै पदकै लागि हुने गर्छ । यसरी देशले कोल्टे फेर्न सक्दैन ।
राज्य सञ्चालनको मुख्य आधार निर्वाचन हो यसका लागि राजनीतिक दलहरूको इमान्दारीता अपरिहार्य छ । आफ्नो जनाधार बलियो पार्नका लागि उनीहरूमा इमान्दारीता र विश्वसनीयता पनि हुन जरुरी छ । तर, भोट माग्ने बेलामा मात्र देखाउने इमान्दारीताले सधैका लागि जनाधार बलियो बन्दैन । बोले अनुसारको काम पनि हुन पर्ने हो तथापी हामी हाम्रा नेताहरूबाट त्यस्तो भएको पाउँदैनौँ ।
झन्डै १९ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन होलाकी भन्ने आशमा बसेका नेपाली जनतालाई नेताहरूले निराश पार्न हुँदैन । निर्वाचन नै अहिलेको आवश्यकता हो । आफू हार्ने र अरुले जित्ने डरमा परेर कोही कसैले पनि निर्वाचनलाई बहिष्कार गर्नु भनेको लोकतन्त्र र गणतन्त्रको मान्यता विपरीत हिँड्नु हो । यदि कसैले त्यस्तो गर्छ भने त्यस्ता राजनीतिक दललाई जनताले अस्वीकृत गरी राजनीतिक बहिष्कार गरिदिनु ठीक हुनेछ ।
संशोधनविना निर्वाचनमा जाँदा सबैले निर्वाचनलाई मान्न सकिने आधार देखिँदैन । त्यसो हुँदा पहिले संसदमा प्रस्तुत भएको संशोधन प्रस्तावलाई परिमार्जन सहित टुङ्गो लगाउनु पर्ने आवश्यकता देखिन्छ । जसले गर्दा मधेसवादी दलहरू पनि निर्वाचनमा सहभागी हुने बाटो खोलिने छ ।
(लेखक समसामयिक विषयमा मुलधारका सञ्चारमाध्यममा कमल चलाउँछन् ।)
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












