पशुपति साङ्गवेद माविमा संहिताशास्त्री कक्ष बन्ने
काठमाडौँ, २५ माघ । नवलपरासी, देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञमा रु साढे १३ लाख नगद र करिब रु छ लाख बराबरको जिन्सी सङ्कलन भएको छ ।
यही माघ १४ गतेदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चलेको थियो । सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवासीय संस्कृति माविमा पढ्ने करिब सय वटुकका लागि एक वर्षभरि भोजन भण्डारा चलाउन सो महायज्ञ गरिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । त्यहाँ वटुकका लागि आवासको ठूलो समस्या रहेको बताइएको छ । यस क्षेत्रका भक्तजनको पितृउद्धार गर्ने उद्देश्यले सो भण्डारा चलाइने छ ।
महायज्ञकै अवसरमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बाँस्तोला‘संहिताशास्त्री’ले आफ्नो करिब रु आठ लाखको लागतमा सो माविमा संहिताशास्त्री कक्ष निर्माणका लागि शिलान्यास पनि गर्नुभएको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












