प्रहरीमा देखियो अनौठो दृश्यः खोरमा एसएसपी,ड्युटीमा सिपाही !
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआइबी’ को कार्यालयको वातावरण एकाएक फेरिएको छ । अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएपछि नफेरियोस् पनि कसरी ?
समाजमा शान्ति सुरक्षा प्रदान गर्न देश र जनताको कसम खाएर एसएसपीको फुली लगाएका श्याम खत्री विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिए । खत्री अहिले सीआइबीको हिरासतमा छन । उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्रीको सामुन्ने पर्नु नपरोस् भन्दै तर्किइरहेका छन् ।
ब्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई भने सोमबार भ्याइनभ्याई थियो । १० बजेको नियमित बैठकका लागि समेत सिलवाल आउन भ्याएनन् । करिब साढे १ बजे तिर कार्यालय छिरेका सिलवाल निकै थकित मुद्रामा देखिन्थे ।
डीआइजी सिलवालको प्रहरी जीवनमा पनि आइतबारको घटना निकै नौलो थियो । कुनै दिन सँगै प्रहरीमा भर्ना पुगेको साथीलाई हत्कडी लगाउने निर्णय गरेका थिए उनले ।
एसएसपी खत्री र डीआइजी सिलवाल ०४४ सालमा सँगै प्रहरीमा भर्ना हुन पुगेका थिए । तर सिलवाल पहिलो पटक भर्ना भएका थिए भने खत्री दोस्रो चरणमा छानिएनन् । र, वैकल्पिकमा परे । उनी ०४५ सालमा प्रहरी संगठनमै आए ।
करिब पाँच वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला श्रीमती हत्या काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि आफ्नै ब्याजी काठमाडौं परिसरका तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले हत्कडी लगाएका थिए ।
ब्युरोका डीएसपी प्रवीण पोखरेलको जीवनमा आइतबारको घटना कहिलै नविर्सने दिन भएको छ । नेपाल प्रहरीको इतिहासमा कहिल्यै नभएको घटनामा डीएसपी पोखरेल कमाण्डर बनेका थिए ।
आफ्नै हाकिमलाई हेडक्वाटरबाटै बर्दी फुकाल्न लगाएर हिरासतमा ल्याउने डीएसपी पोखरेल सोमबार खत्रीको बयान लिन र प्रमाण संकलन गर्न व्यस्त थिए । डीएसपी पोखरेल भन्छन्- ‘प्रहरीको जागिर खाइयो, प्रहरीकै हाकिम समात्नुपर्ला भनेर कसले सोचेको हुन्छ र रु तर, पनि कानुनले दिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’
एसएसपी खत्रीलाई थुनामा राख्ने म्याद थप्न पनि डीएसपी पोखरेल आफैं सोमबार जिल्ला अदालत पुगेका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












