वीरेन्द्रनगरको मुटुमा फोहोर थुफ्रियो,स्थानीयलाई वास्तै छैन,नगरपालिका रमिते ! [फोटोफिचरसहित]
सुर्खेत । वीरेन्द्रनगरको मुटुमा रहेको बजार बाटामा हिडने बटुवाहरुले छिछि र दुरदुर गदै हिड्ने गरेको छन् । प्रदेश न ६ को प्रस्तावित राजधानी सुर्खेत वीरेन्द्रनगरलाई नयाँ अवधारणा अनुसार सुन्दर शान्त गर्ने भनिएको छ । बजारका नालाहरुमा फोहोरै फोहोर माात्र भरिएको पाइन्छ ।
फोहोर व्यवस्थित गर्न नगपरपालिकाले ध्यान नदिदा बजार दुर्गन्धीत भएको छ । नालाहरु घरायसी फोहोर,तरकारीका पात, प्लास्ष्टिका टुक्राहरु जताततै फालिएको छ । बजार व्यवस्था पन गर्ने नगर पालिका मौन अवस्थामा बसिरहे्को छ । यो फोहोर व्यवस्थापनमा चासो नदिर्ने हो भने महामारी फैलने सक्ने सम्भावना रहेको छ ।
बजारका व्यवसायिहले आफ्नो पसल अगाडीको फोहोर महिनाको ५० रुपैयाँ तिरेर फोहोर उठाउने सहमति गरेपनि व्यवथापन हुन सकेको छैन । अधिकंश व्यवसायिहरुले नगरपालिका कार्यालयले वार्षिक रुपमा ५ सय देखि व्यवसायको पहिचान गरि १५ सयसम्म नगरपालिकामा कर लिने गरेको व्यापारीहरुको गुनासो गदै आएका छन् ।
बजारमा नगरपालिकाले अहिलेसम्म फोहोर नउठाएको र नालाहरु सफा नगर्दा समस्या दिनप्रति दिन बढदै गरेको स्थानीहरु र व्यवसायीहरु बताउँदै आएका छन् । वीरेन्द्रनगरमा व्यवसाय गदै आएका व्यवसायी भुपेन्द्र थापा मगरले गुनासो गरेका छन् ।
उनले भने, ‘कहिले काही आफनो पसल अगाडीको फोहोर आफै सफा गर्छु नाला भरिएर महामारी फैलन सक्ने सम्भावना छ ।’
सबै भन्दा बढि फोहोर घरायसी फोहोर भात, तरकारी फलफुलका फोहोर बालुवा गिटीहरुले गर्दा नालाहहरु बन्द हुने गरेको छ । आफूहरुले नगरपालिकाले कर तिर्ने गरेको छौं, फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको थापाले बताए ।
यस्तै अर्को व्यवसायी गोपाल बुढा भन्छन्,’आफ्नो पसलको अगाडी फोहोर मासिक ५० रुपैयामा उठाउने गरेको छौ । नगरपालिकामा हामीले व्यवसाय सञ्चालन गरेको भन्दै आफुले ८ सय तिर्ने गरेको बताए । पहिलाका वर्षहरुमा प्रत्येक शनिवार फोहोर सफ गर्ने गरेका थिए । आजभोली कहिले आए सासु कहिले आए आँसु जस्तै गरि सफा गर्न आउने गरेको छ ।’
यस्तै अर्को व्यवसायी डिल बहादुर आर्चायले भने, ‘कहिले खेलाडीहरु सफा गर्ने गरेको छन । कहिले प्रहरी सेना, कहिले उद्योग वाणिज्य संघले सफा गर्ने गरेको छ ।’
नगरपालिका कार्यालय सुर्खेतकी सरफाई वरिष्ठ सहायक टिकाकुमारी थानीका अनुसार नगरपालिका कार्यालय सुर्खेतले ग्रिन सिटी सेवा नेपाललाई २०७० सालमा सम्झौता गरिएको भनाई छ । मुख्य सडकहरुमा महिलाको २ पटक सरफाई गर्ने र सहायक सडक खण्डमा महिलाको १ पटक सरफाई गर्ने भनेर सम्झौता भएको उनले वताएकी छन् ।
मुख्य समस्या भनेको व्यवसायीहरु ऋाफनो पसल अगाडी तिरको फोहोरलाई नालामा फाल्ने भएपछि समस्या भएको बताइन उनले भनिन ग्रिनसिटीले नगरपालिका सँग ५ वर्ष सम्मको सम्झौता रहको उनले बताइन ।
उता ग्रिन सिटी सेवा नेपालका संयोजक शशी केसीका अनुसार घरको फोहोरले यस्तो समस्या भएको बताएका छन । अबको एक हप्ता भित्रै नालाहरुको सरफाई गर्ने बताएका छन । महिाना १५ दिनको सरफाई गर्ने हो ।
अहिले घरायासी फोहोर र घरनिमार्णले गर्दा धेरै फोहोर हुने गरेको बताए । अब व्यापारीहरुलाई अनुरोध गरेर आफनो अगाडीको फोहोर व्यवस्थापनको लागि अनुुरोध गर्ने केसीको भनाई रहेको छ ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











