ताजा समाचार

यसरी बेपत्ता भयो माईतीघर मण्डलामा फहराइएको नेपालकै ठूलो राष्ट्रिय झण्डा

काठमाडौं,२६ माघ । शहीद दिवसको दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले निकै तामझामका साथ नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराएका थिए ।  तर, तपाईं अहिले गएर त्यहाँ हेर्नुभयो भने झण्डा देख्नुहुन्न । उक्त झण्डा मंगलबार साँझ निकालिएको छ ।

शहिदहरुको सम्मानमा फहराइएको झण्डाको विशेष महत्व रहेको  नेपाली देशभक्त युवा समाजका सदस्य केदारनाथ नेपाल ‘निश्चल’ले वताए ।  उनले झण्डा निकाल्नुको कारण प्रष्ट्याउदै भने, ‘झण्डा फहराउने क्रममा केहि कमजोरी भएको थियो । विशेषगरी झण्डाको डण्डी कमजोर भएकाले हामीले झण्डा निकालेका हौ । अब आवश्यक अनुसारको पोल गाडेर ३/४ दिन भित्रमा ब्यवस्थित बनाई स्थाई रुपले पुनः झण्डा फहराउने छौं ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org