प्रहरीमा आइजीपी बढुवा,चन्दको पल्ला भारी
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आइजीपी) आगामी फागुन २ बाट रिक्त हुँदैछन् । सशस्त्रमा खासै बिवाद नभए पनि नेपाल प्रहरीमा भने आइजीपी बढुवामा ठूलो राजनीतिक चलखेल भइरहेको छ ।
प्रहरीमा जयबहादुर चन्दको पल्ला भारी देखिन्छ भने सशस्त्रमा सिंहबहादुर श्रेष्ठ बिवादरहीत आइजीपी बन्दैछन् । प्रहरीमा बरियतामा डिआइजी नवराज सिलवाल पहिलो नम्बरमा छन् भने प्रकाश आर्याल दोस्रो नम्बरमा छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त नेतृत्वमा सरकार रहेकोले सशस्त्रमा माओवादीले र प्रहरीमा कांग्रेसले भागबण्डा गरेको प्रधानमन्त्री कार्यालय स्रोतहरुको दावी छ ।
डिआइजी चन्द र कांग्रेस सभापति शेरबहादुर देउवा पश्चिम क्षेत्रका भएकै कारण देउवाले चन्दलाई आइजीपी बनाउन उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीलाई कडा निर्देशन दिएको बढुानीलकण्ठ स्रोतको भनाइ छ ।
स्रोत भन्छ, ‘सभापति देउवाले गृहमन्त्री निधीलाई बुढानीलकण्ठ निवासमै बोलाएर चन्दलाई आइजीपी बनाउनु, नत्र राजीनामा दिन तयार रहनु भनिसक्नु भएको छ ।’
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी बरियतामा अगाडि रहेका व्यक्तिलाई नै आइजीपी बनाउनु पर्ने अडानमा थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि बरियतामा अगाडि रहेकै व्यक्तिलाई आइजीपी बनाउनु पर्ने अडानमा थिए । तर, समिकरणको सरकार भएकोले कांग्रेसले चन्दको पक्ष लिएपछि सरकार नै ढल्ने खतरा उत्पन्न हुने भन्दै प्रधानमन्त्री प्रचण्ड पछि हटेका हुन् ।
एक डिआइजीका अनुसार निर्णय नभएसम्म यसै भन्न सकिन्न तर पछिल्लो अवस्था मूल्याङ्कन गर्दा डिआइजी चन्द आइजीपी बन्ने सम्भावना बलियो बनेको छ ।
पुलिसिङमा सिलवाल र चन्द काबिल नै मानिन्छन् । चन्दले महानगरीय प्रहरी परिसर काठमाडौं, ट्राफिक प्रहरी महाशाखा र लागु औषध नियन्त्रण ब्युरोमा रहेर राम्रो काम गरेका छन् भने सिलवाल पूर्व क्षेत्र, प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोमा रहेर चर्चामा रहे । पछिल्लो समय ३४ किलो सुन बरामद गरेर चर्चामा रहेका सिलवालको पक्षमा कांग्रेसकै रामचन्द्र पौडेल पक्ष दह्रोसँग उभिएको छ ।
‘जे होस्, आगामी आइतबार बस्ने मन्त्री परिषद् बैठकले चन्दलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा बढुवा गर्ने छ ।’ एक प्रहरी अधिकारीले न्युज-नेपालसँग भने ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












