विधागत पत्रकारिताको विकासमा जोड
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले
विधागत पत्रकारिता सम्वद्ध संघसंस्थाका पदाधिकारी÷प्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा विधागत क्षेत्रमा रहेका पत्रकारहरुको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्न मद्दत पुग्ने बताएका छन् ।
मिडियालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन अभिभावक संस्थाको नाताले प्रारम्भिक छलफलस्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य तथा विधागत पत्रकारिता उपसमितिका संयोजक चेतनाथ धमला, सदस्यहरु इश्वरीप्रसाद ओझा, गोविन्दप्रसाद चौंलागाईँ, सदस्यसचिव बीरवहादुर राईले विधागत पत्रकारिताबारे धारणा राख्नुको साथै आवश्यक तालिम, राहतका कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
यसैगरी, नेपाल फोरम अफ साइन्स जर्नालिस्टका अध्यक्ष छत्र कार्की, लक्ष्मण डंगोल, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल लतितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, शिक्षा पत्रकार समूहका अध्यक्ष दिपक दाहाल, कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी, विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई, नेपाल वातावरण पत्रकार समूहका उर्वसी बस्न्यात लगायतले महत्वपूर्ण धारणा राखेका थिए ।
अघोषित सिन्डिकेटको विकास भएको,उदेश्य अनुरुप कार्यक्रम संचालन गर्न नसकिएको, विधागत पत्रकारितामा बिशेषता हाशिल गरेका व्यक्तिहरुको अभाव, तालिमको अभाव, नयाँ नीति, समन्वयको अभाव लगायतका समस्याहरु रहेकोमा समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सुझाव आएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












