विधागत पत्रकारिताको विकासमा जोड
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले
विधागत पत्रकारिता सम्वद्ध संघसंस्थाका पदाधिकारी÷प्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा विधागत क्षेत्रमा रहेका पत्रकारहरुको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्न मद्दत पुग्ने बताएका छन् ।
मिडियालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन अभिभावक संस्थाको नाताले प्रारम्भिक छलफलस्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य तथा विधागत पत्रकारिता उपसमितिका संयोजक चेतनाथ धमला, सदस्यहरु इश्वरीप्रसाद ओझा, गोविन्दप्रसाद चौंलागाईँ, सदस्यसचिव बीरवहादुर राईले विधागत पत्रकारिताबारे धारणा राख्नुको साथै आवश्यक तालिम, राहतका कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
यसैगरी, नेपाल फोरम अफ साइन्स जर्नालिस्टका अध्यक्ष छत्र कार्की, लक्ष्मण डंगोल, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल लतितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, शिक्षा पत्रकार समूहका अध्यक्ष दिपक दाहाल, कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी, विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई, नेपाल वातावरण पत्रकार समूहका उर्वसी बस्न्यात लगायतले महत्वपूर्ण धारणा राखेका थिए ।
अघोषित सिन्डिकेटको विकास भएको,उदेश्य अनुरुप कार्यक्रम संचालन गर्न नसकिएको, विधागत पत्रकारितामा बिशेषता हाशिल गरेका व्यक्तिहरुको अभाव, तालिमको अभाव, नयाँ नीति, समन्वयको अभाव लगायतका समस्याहरु रहेकोमा समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सुझाव आएको थियो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












