अब मोटा सेनाका दिन गए !
काठमाडौं । नेपाली सेनामा जवानदेखि उच्च अधिकृतको उचाइ अनुसारको तौल मापन सुरु भएको छ । शारीरिक तौल मापदण्ड अर्थात् ‘बडी मास इन्डेक्स’ (बिएमआई) बढी भएमा पदोन्नति रोकिने, शान्ति सेनामा जान नपाइनेदेखि अन्य बिभागीय कारवाही र सेवा सुविधा पनि रोकिने छ । जसकै कारण मोटा सैनीकको दिन गएको चर्चा सैनिक मुख्यालयमा चल्न थालेको छ ।
सेनाले उचाइ र तौललाई गणना गर्दै बिएमाआई निर्धारण गर्छ । बिएमआई १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म सामान्य, २५ देखि २९ दशमवल ९ सम्म मोटो र ३० भन्दा बढी बिएमआई भएपछि अति मोटो वर्गीकरण गरेको छ ।
अति मोटो भएपछि सेनामा कारवाही सुरु हुने सैनिक अधिकारीहरुले बताए । मिटरमा लिइने उचाईलाई उचाइले नै गुणन गर्दै आउने योगफलले तौल (किलोग्राम) लाई भाग गरेपछि आउने अंक नै बिएमआई हो । जस्तो ५ फिट ६ इन्छ अग्लो मानिसको तौल ६४ किलोग्राम छ भने उसको बिएमआई २२ दशमलव ७९ हुन्छ । यसको बिएमआई सामान्य मोटो रहन्छ ।
अति मोटा सैनिकलाई पदोन्नति नगर्नेदेखि शान्ति सेनामा जान गरिने छनोटमा सहभागी हुन नपाउनेदेखि सेनाले दिने सेवा सुविधा कटौति हुने सैनिक मुख्यालय जनाउँछ । बिएमआईलाई कडाइ नगरेको सैनिक मुख्यालयले राजेन्द्र क्षत्री प्रधान सेनापति बनेपछि कडाइ सुरु गरेको हो । ‘अब अति मोटो वर्गमा पर्ने सैनिकले तत्काल तौल घटाउन सक्नु पर्छ, कि पदोन्नतिसमेतका अवसर त्याग्नु पर्छ ।’ एक सैनिक अधिकारीले भने ।
नेपाल प्रहरीमा भने बिएमआईलाई कडाइ गरेको छैन । प्रहरीहरु मोटो देखिएमा उनीहरुलाई पायक पर्ने तालिम केन्द्रमा तालिम लिन पठाएर तौल घटाउने लगाउने गरिएको छ । ‘भूँडी लागेका प्रहरी देखिएमा तौल घटाउन तालिममा पठाउने गरिएको छ, त्यो भन्दा कडा कारवाही प्रहरीमा छैन ।’ प्रहरीका एक डिआइजीले भने भने । चार वर्षअघि कुवेरसिंह राना प्रहरी महानिरीक्षक भएको समयमा मोटा प्रहरीलाई अनिवार्य तौल घटाउन निर्देशन दिएको थियो । तर, त्यसको अनुगमन नहुँदा प्रहरीमा मोटाहरुको संख्या उल्लेख्य छ । सशस्त्र प्रहरी बलले भने प्रत्येक ६ महिनामा जवानदेखि महानिरीक्षकसम्मको शारीरिक परीक्षण गर्छ ।
तौल बढी हुनेलाई तत्काल तालिममा पठाउने गर्छ । जबसम्म मापदण्डअनुसारको तौल हुँदैन तालिम लिइरहनु पर्छ । नियमित परीक्षण गर्ने चलनले सशस्त्रमा मोटाहरुको संख्या नभएको उनीहरुको दावी छ । एक डिआइजीका अन’सार ‘नियमित शारीरिक परीक्षण गर्ने र दैनिक दौडने भएकोले सशस्त्र प्रहरी बलमा मोटाइको समस्या छैन ।’
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












