अब मोटा सेनाका दिन गए !
काठमाडौं । नेपाली सेनामा जवानदेखि उच्च अधिकृतको उचाइ अनुसारको तौल मापन सुरु भएको छ । शारीरिक तौल मापदण्ड अर्थात् ‘बडी मास इन्डेक्स’ (बिएमआई) बढी भएमा पदोन्नति रोकिने, शान्ति सेनामा जान नपाइनेदेखि अन्य बिभागीय कारवाही र सेवा सुविधा पनि रोकिने छ । जसकै कारण मोटा सैनीकको दिन गएको चर्चा सैनिक मुख्यालयमा चल्न थालेको छ ।
सेनाले उचाइ र तौललाई गणना गर्दै बिएमाआई निर्धारण गर्छ । बिएमआई १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म सामान्य, २५ देखि २९ दशमवल ९ सम्म मोटो र ३० भन्दा बढी बिएमआई भएपछि अति मोटो वर्गीकरण गरेको छ ।
अति मोटो भएपछि सेनामा कारवाही सुरु हुने सैनिक अधिकारीहरुले बताए । मिटरमा लिइने उचाईलाई उचाइले नै गुणन गर्दै आउने योगफलले तौल (किलोग्राम) लाई भाग गरेपछि आउने अंक नै बिएमआई हो । जस्तो ५ फिट ६ इन्छ अग्लो मानिसको तौल ६४ किलोग्राम छ भने उसको बिएमआई २२ दशमलव ७९ हुन्छ । यसको बिएमआई सामान्य मोटो रहन्छ ।
अति मोटा सैनिकलाई पदोन्नति नगर्नेदेखि शान्ति सेनामा जान गरिने छनोटमा सहभागी हुन नपाउनेदेखि सेनाले दिने सेवा सुविधा कटौति हुने सैनिक मुख्यालय जनाउँछ । बिएमआईलाई कडाइ नगरेको सैनिक मुख्यालयले राजेन्द्र क्षत्री प्रधान सेनापति बनेपछि कडाइ सुरु गरेको हो । ‘अब अति मोटो वर्गमा पर्ने सैनिकले तत्काल तौल घटाउन सक्नु पर्छ, कि पदोन्नतिसमेतका अवसर त्याग्नु पर्छ ।’ एक सैनिक अधिकारीले भने ।
नेपाल प्रहरीमा भने बिएमआईलाई कडाइ गरेको छैन । प्रहरीहरु मोटो देखिएमा उनीहरुलाई पायक पर्ने तालिम केन्द्रमा तालिम लिन पठाएर तौल घटाउने लगाउने गरिएको छ । ‘भूँडी लागेका प्रहरी देखिएमा तौल घटाउन तालिममा पठाउने गरिएको छ, त्यो भन्दा कडा कारवाही प्रहरीमा छैन ।’ प्रहरीका एक डिआइजीले भने भने । चार वर्षअघि कुवेरसिंह राना प्रहरी महानिरीक्षक भएको समयमा मोटा प्रहरीलाई अनिवार्य तौल घटाउन निर्देशन दिएको थियो । तर, त्यसको अनुगमन नहुँदा प्रहरीमा मोटाहरुको संख्या उल्लेख्य छ । सशस्त्र प्रहरी बलले भने प्रत्येक ६ महिनामा जवानदेखि महानिरीक्षकसम्मको शारीरिक परीक्षण गर्छ ।
तौल बढी हुनेलाई तत्काल तालिममा पठाउने गर्छ । जबसम्म मापदण्डअनुसारको तौल हुँदैन तालिम लिइरहनु पर्छ । नियमित परीक्षण गर्ने चलनले सशस्त्रमा मोटाहरुको संख्या नभएको उनीहरुको दावी छ । एक डिआइजीका अन’सार ‘नियमित शारीरिक परीक्षण गर्ने र दैनिक दौडने भएकोले सशस्त्र प्रहरी बलमा मोटाइको समस्या छैन ।’
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












