हार्भेष्टमुन नेल्टा क्लवमा वादविवाद प्रतियोगिता सम्पन्न
सुर्खेत । नेपाल अंग्रेजी शिक्षक संघ ‘नेल्टा’ सुर्खेतले थालनी गरेको नेल्टा इन स्कुल अभियान अन्तर्गत गठन गरिएका नेल्टा क्लवहरुले विभिन्न क्रियाकलापहरुलाई तिब्रता दिएका छन् ।
शुक्रबार हार्भेष्टमुन नेल्टा क्लवले आयोजना गरेको इंग्लिस इज माइटर देन नेपाली भन्ने विषयमा आयोजना गरिएको वादविवाद प्रतियोगितामा निशासिंह ठकुरी प्रथम, विन्दू शाही द्वितीय र भावना भट्टराई तृतीय भएका छन् ।
क्लवका अध्यक्ष प्रतिमा भण्डारीको अध्यक्षतामा आयोजना गरिएको उक्त वादविवाद प्रतियोगितामा नेल्टा सुर्खेतका अध्यक्ष विष्णुकुमार खड्काले अंग्रेजी भाषा शिक्षणको अवस्थामा सुधार ल्याउन र विद्यालयमा अंग्रेजी मैत्री वातावरण सिर्जना गर्न नेल्टा सुर्खेतले थालनी गरेको विद्यालयमा नेल्टा अभियान प्रभावकारी भइरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भट्टराईले नेल्टा सुर्खेतले थालनी गरेको अभियानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी हुने बताए ।
यसैगरी नेल्टाका आजीवन सदस्य तथा मप विश्वविद्यालयका उपप्राध्यापक सन्तोष भण्डारीले नेल्टा सुर्खेतले अभियानको क्रममा सञ्चालन गरेको यस्ता कार्यक्रमहरुले अंग्रेजी भाषा सिकाइमा सहयोग पुग्नेमा जोड दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि नेल्टा सुर्खेतका अध्यक्ष विष्णुकुमार खड्काले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेको फोकलपर्सन रमेश खड्काले जानकारी दिए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












