‘संवैधानिक सङ्कट टार्न चुनाव’
गोरखा । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक सङ्कट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले आज पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ ।” आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताउनुभयो ।
संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उहाँको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उहाँले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गर्नुभयो ।
हिमाली, पहाडी र मधेसी मिलेर नेपाललाई बलियो, समृद्ध बनाउनुपर्नेमा देउवाले जोड दिनुभयो । काँग्रेस, माओवादी केन्द्रको संयुक्त सरकारले निर्वाचन गराएरै छाड्ने उहाँको भनाइ थियो ।
साथै, गोरखा, धादिङ सीमामा बगिरहेको बूढीगण्डकी नदीमा एकहजार २०० मेगावाट क्षमताको बन्ने भनिएको बूढीगण्डकी जलविद्युत् डुबान क्षेत्रका बासिन्दालाई उचित मुआब्जा वितरण गर्न, अनुदान रकम पाउनबाट छुटेका भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहयोग गर्न र पुनःनिर्माणमा सघाउन काँग्रेसले पहल गर्ने देउवाले बताउनुभयो ।
यही सरकारले निर्वाचन गर्छ : मन्त्री भण्डारी
सोही आमसभामा बोल्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले पुष्पकमल दाहाल नेतृत्वको यही सरकारले स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउने भन्दै चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा ९एमाले० का नेताहरुले नक्कली राष्ट्रियताको मुद्दा उठाएर भोट बढाउने खेल खेलेकोमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पालुङ्टारमा स्मार्ट सिटी बनाउनेबारे आफूले पहल गरिरहेको र छिट्टै सरकारले ठोस निर्णय गर्ने उहाँको भनाइ थियो ।
चुनावको विकल्प छैन : मन्त्री थापा
यसैगरी, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य गगन थापाले स्थानीय निर्वाचन वैशाख अन्तिम साता र प्रदेश, केन्द्रको निर्वाचन पछि एकैपटक गर्नेगरी सरकार निर्वाचनको मिति घोषणा गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो – “कुनै अलमल बिना संविधान कार्यान्वयनमा जुट्नुपर्छ । संविधान कार्यान्वयनका लागि तीनवटा निर्वाचन गर्नु जरुरी छ । केन्द्रमा निर्वाचन गर्ने माहोल हामी बनाउँछौँ । स्थानीयस्तरमा कार्यकर्ताले निर्वाचनको माहोल बनाउनुप¥यो ।”
डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिप्रति इङ्गित गर्दै मन्त्री थापाले नयाँ शक्ति नयाँ हुन नसक्ने बताउनुभयो । सिके राउतले देश बिखण्डन गर्नेजस्ता कुराहरु गर्दै आएको भन्दै थापाले मधेसका तन्नेरीले नै राउतलाई तह लगाउने पनि बताउनुभयो ।
काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङको अध्यक्षतामा भएको आमसभामा काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काँग्रेस व्यक्ति होइन अभियान हो भन्नुभयो भने केन्द्रीय सदस्य कमला पन्तले भूकम्पपीडितहरु निजी आवास अनुदान पाउनबाट छुटेको भन्दै पार्टीको केन्द्रीय नेतृत्वले भूकम्पपीडितको समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयन गर्न र प्रजातन्त्रलाई मजबुत बनाउन जसरी पनि निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति हरिबहादुर घले, लम्जुङ काँग्रेस सभापति भेषबहादुर पौडेल, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतार, नेपाल महिला सङ्घकी गोरखा अध्यक्ष मनकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि नारायण गुरुङ, क्षेत्रीय सभापति गोविन्द गुरुङ, पालुङ्टार नगरपालिकाका नगर सभापति दीपक कँडेललगायतले मन्तव्य व्यक्त गरेको क्षेत्र नं २ का सचिव मानप्रसाद धितालले जानकारी दिनुभयो । आमसभा हेर्न गोरखा, तनहुँ र लम्जुङका काँग्रेसजन पालुङ्टार आएका थिए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











