‘संवैधानिक सङ्कट टार्न चुनाव’
गोरखा । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक सङ्कट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले आज पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ ।” आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताउनुभयो ।
संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उहाँको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उहाँले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गर्नुभयो ।
हिमाली, पहाडी र मधेसी मिलेर नेपाललाई बलियो, समृद्ध बनाउनुपर्नेमा देउवाले जोड दिनुभयो । काँग्रेस, माओवादी केन्द्रको संयुक्त सरकारले निर्वाचन गराएरै छाड्ने उहाँको भनाइ थियो ।
साथै, गोरखा, धादिङ सीमामा बगिरहेको बूढीगण्डकी नदीमा एकहजार २०० मेगावाट क्षमताको बन्ने भनिएको बूढीगण्डकी जलविद्युत् डुबान क्षेत्रका बासिन्दालाई उचित मुआब्जा वितरण गर्न, अनुदान रकम पाउनबाट छुटेका भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहयोग गर्न र पुनःनिर्माणमा सघाउन काँग्रेसले पहल गर्ने देउवाले बताउनुभयो ।
यही सरकारले निर्वाचन गर्छ : मन्त्री भण्डारी
सोही आमसभामा बोल्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले पुष्पकमल दाहाल नेतृत्वको यही सरकारले स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउने भन्दै चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा ९एमाले० का नेताहरुले नक्कली राष्ट्रियताको मुद्दा उठाएर भोट बढाउने खेल खेलेकोमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पालुङ्टारमा स्मार्ट सिटी बनाउनेबारे आफूले पहल गरिरहेको र छिट्टै सरकारले ठोस निर्णय गर्ने उहाँको भनाइ थियो ।
चुनावको विकल्प छैन : मन्त्री थापा
यसैगरी, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य गगन थापाले स्थानीय निर्वाचन वैशाख अन्तिम साता र प्रदेश, केन्द्रको निर्वाचन पछि एकैपटक गर्नेगरी सरकार निर्वाचनको मिति घोषणा गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो – “कुनै अलमल बिना संविधान कार्यान्वयनमा जुट्नुपर्छ । संविधान कार्यान्वयनका लागि तीनवटा निर्वाचन गर्नु जरुरी छ । केन्द्रमा निर्वाचन गर्ने माहोल हामी बनाउँछौँ । स्थानीयस्तरमा कार्यकर्ताले निर्वाचनको माहोल बनाउनुप¥यो ।”
डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिप्रति इङ्गित गर्दै मन्त्री थापाले नयाँ शक्ति नयाँ हुन नसक्ने बताउनुभयो । सिके राउतले देश बिखण्डन गर्नेजस्ता कुराहरु गर्दै आएको भन्दै थापाले मधेसका तन्नेरीले नै राउतलाई तह लगाउने पनि बताउनुभयो ।
काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङको अध्यक्षतामा भएको आमसभामा काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काँग्रेस व्यक्ति होइन अभियान हो भन्नुभयो भने केन्द्रीय सदस्य कमला पन्तले भूकम्पपीडितहरु निजी आवास अनुदान पाउनबाट छुटेको भन्दै पार्टीको केन्द्रीय नेतृत्वले भूकम्पपीडितको समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयन गर्न र प्रजातन्त्रलाई मजबुत बनाउन जसरी पनि निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति हरिबहादुर घले, लम्जुङ काँग्रेस सभापति भेषबहादुर पौडेल, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतार, नेपाल महिला सङ्घकी गोरखा अध्यक्ष मनकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि नारायण गुरुङ, क्षेत्रीय सभापति गोविन्द गुरुङ, पालुङ्टार नगरपालिकाका नगर सभापति दीपक कँडेललगायतले मन्तव्य व्यक्त गरेको क्षेत्र नं २ का सचिव मानप्रसाद धितालले जानकारी दिनुभयो । आमसभा हेर्न गोरखा, तनहुँ र लम्जुङका काँग्रेसजन पालुङ्टार आएका थिए ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलले आज ज्येष्ठ सांसद केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












