ज्येष्ठ नागरिकको सारथी बन्दै ज्येष्ठ नागरिक मिलन केन्द्र
पोखरा । पोखराको विन्ध्यवासिनी क्षेत्र परिसरमा विगत एक वर्षअघिदेखि सञ्चालन हुँदै आएको ज्येष्ठ नागरिक मिलन केन्द्र यस आसपासका क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकको सारथी बन्दै गएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २०७२ माघ ४ गतदेखि सञ्चालित यस केन्द्रमा हाल दैनिक ४५ देखि ७० जनासम्मको सङ्ख्यामा ज्येष्ठ नागरिक आउने गरेका छन् । केन्द्र सञ्चालनका लागि सुरुमा दैनिक ३० जना ज्येष्ठ नागरिकलाई बस्न सक्ने किसिमको व्यवस्था गरी सुरुवात गरिए पनि ज्येष्ठ नागरिकको चापका कारण उक्त सङ्ख्या बढेर ६० देखि ७० जनासम्म हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
समितिले ७० वर्षका वृद्धवृद्धालाई लक्ष्य गर्दै निर्माण गरेको मिलन केन्द्र प्रत्येक दिन १० देखि ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।
केन्द्रमा ज्येष्ठ नागरिकका लागि समितिद्वारा निःशुल्क सेवा प्रवाह गरिएको जानकारी दिँदै उहाँले चिया तथा खाजाका लागि मासिक रु तीनदेखि चार लाखसम्म खर्च आउने गरे पनि त्यसका लागि समय समयमा विभिन्न व्यक्ति एवम् संस्थाबाट सहयोग प्राप्त हुने गरेको बताउनुभयो ।
केन्द्र सञ्चालनकै सहयोगका लागि अक्षयकोष स्थापना गरिएकामा हालसम्म उक्त कोषमा लगभग रु सात लाख सङ्कलन भइसकेको समितिले जनाएको छ । यस वर्ष केन्द्रका लागि महिला विकास शाखा कास्कीबाट रु तीन लाख रुपैयाँ प्राप्त हुने भएको छ र जिल्ला विकास समिति कास्कीले रु ७५ हजार रुपैयाँ छुट्याएको छ ।
केन्द्रको दीर्घकालीन सञ्चालनका लागि नेपाल सरकारसँग पनि पहल भइरहेको उहाँको भनाइ छ । “केन्द्र सञ्चालन सुरु भएदेखि नै ज्येष्ठ नागरिकको उत्साहजनक उपस्थितिले हामीलाई हौसला थपेको छ,” उहाँले भन्नुभयो, “स्वभावैले उमेर पुगेपछि प्रत्येक ज्येष्ठ नागरिकमा एकाँकी स्वभाव रहन्छ, उनीहरूमा विभिन्न कारणवश सिर्जना हुने एक्लोपनको आभाष नहोस् भन्ने हेतुले नै केन्द्र सञ्चालनमा ल्याएका हौँ ।”
उमेरका कारण अन्य काम गर्न नसकिने अवस्थामा समय बिताउन र आफ्नो उमेर समूहका दौँतरी साथीसँग भेट्न पाउने भएका कारण केन्द्र उहाँहरूका लागि सारथी जस्तै बनेको श्रेष्ठको भनाइ छ । विन्ध्यवासिनीमा जस्तै देशका अन्य विभिन्न ठाउँमा यस किसिमका केन्द्र सञ्चालन हुने हो भने ज्येष्ठ नागरिक उमेर लगायतका कारणबाट एक्लो भएर चिन्तामा रहनुपर्ने अवस्था अन्त्य हुनेछ । सरकारले उचित व्यवस्थापनसहित यस किसिमका केन्द्र सञ्चालनलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ ।
बिहान १० बजे आएदेखि दिनभर प्रशन्न मुद्रामा रमाउँदै उनीहरु बेलुका घर फर्कने गरेको केन्द्रका कर्मचारी नवराज तिमल्सिना बताउनुहुन्छ । केन्द्रमा आउने ज्येष्ठ नागरिक दिउँसो भजनकीर्तन, प्रवचन सुन्नुका साथै त्यहाँ राखिएको टेलिभिजन हेर्ने, बाघचाल, क्यारिमबोर्ड, लुडो जस्ता खेलमा रमाउने गरेका छन् ।
तिमल्सिनाका अनुसार केन्द्रमा प्रत्येक दिन ज्येष्ठ नागरिक आइसकेपछि उहाँहरूलाई १२ बजे चिया ख्वाइन्छ भने चियासँगै १२ देखि १ बजेसम्म भजनकीर्तन, १ देखि २ बजेसम्म कथा प्रवचन र २ देखि ५ बजेसम्म टेलिभिजनमार्फत विभिन्न धार्मिक प्रवचन सुनाउने गरिएको छ ।
केन्द्रमा आफ्नो सवारीसाधन नभए पनि विभिन्न शैक्षिक संस्थाबाट सहयोगस्वरुप सवारीसाधन लिएर मासिक एकपटक पोखराभित्रका विभिन्न स्थान भ्रमणसमेत गराउने गरिएको छ ।
त्यस्तै, दुई महिनामा एकपटक ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका साथै जन्मदिन परेमा जन्मदिनसमेत मनाइदिने गरिएको छ । घरपरिवारका अन्य सदस्य रोजगारी एवम् व्यवसायमा लाग्नुपर्ने हुँदा एक्लै समय काट्न गा¥हो हुने गरेको बताउने ज्येष्ठ नागरिक केन्द्र सञ्चालनबाट आफूहरुलाई ठूलो सहयोग पुगेको ठान्छन् ।
केन्द्र सञ्चालनले आफूजस्ता ज्येष्ठ नागरिकमा खुसी ल्याएको पोखराको केआइसिंह पुल क्षेत्रका ८० वर्षीया विष्णुमाया केसी बताउनुहुन्छ । “हामीलाई निकै खुसी लागेको छ,” उहाँले भन्नुभयो, “दिनभर घरमा बसिराख्दा जो कोहीलाई अत्याश लाग्ने गरे पनि यहाँ आए पछि सबै अत्याश मेटिने गरेको छ ।”
उहाँ जस्तै पोखराको मान सडकबाट दिनहुँ केन्द्रमा आउने गरेका ७३ वर्षीय इन्द्रबहादुर कार्की केन्द्र सञ्चालनले आफू जस्ता धेरै ज्येष्ठ नागरिक लाभान्वित बनेको धारणा राख्नुहुन्छ । राम्रो व्यवहारका साथ केन्द्रमा निःशुल्क रुपमा चिया खाजासमेत खुवाउने गरिएको बताउँदै उहाँले भन्नुभयो, “आफ्ना उमेर समूहका साथीसँग भेट गर्दा छुट्टै किसिमको आनन्द आउने गरेको छ । भेटघाटका कारण कसैमा पनि एक्लोपनको महसुस भएको छैन ।” रासस (तस्बिर उपलब्ध छ)
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












