‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई
भद्रपुर, २ फागुन । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।
महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिनुभयो ।
हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ ।
भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरङ्गी एफएममा आबद्ध छन् ।
दिव्य आध्यात्मिक प्रवचन
झापाको सदरमुकाम चन्द्रगढीमा सनातन वैदिक दर्शनमा आधारित दिव्य आध्यात्मिक प्रवचन एवम् रसमय सङ्कीर्तन कार्यक्रम सुरु हुने भएको छ ।
राधाराधव प्रचार समितिको पहलमा भइरहेको यो प्रवचन फागुन ७ देखि १५ गतेसम्म चल्ने र यसमा सुश्री गोपीकेश्वरी देवीले प्रवचन दिने आयोजका कमल मिश्रले बताउनुभयो ।
प्रवचन मानव देहको महत्व एवम् जीवको परम लक्ष्य, ईश्वरको स्वरुप, भगवत–शरणागतिको रहस्य, गुरु या महापुरुष, ईश्वर प्राप्तिको मार्ग र भक्तित्वको रहस्यजस्ता विषयमा प्रवचन हुने आयोजकका रतन शर्माले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












