‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई
भद्रपुर, २ फागुन । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।
महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिनुभयो ।
हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ ।
भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरङ्गी एफएममा आबद्ध छन् ।
दिव्य आध्यात्मिक प्रवचन
झापाको सदरमुकाम चन्द्रगढीमा सनातन वैदिक दर्शनमा आधारित दिव्य आध्यात्मिक प्रवचन एवम् रसमय सङ्कीर्तन कार्यक्रम सुरु हुने भएको छ ।
राधाराधव प्रचार समितिको पहलमा भइरहेको यो प्रवचन फागुन ७ देखि १५ गतेसम्म चल्ने र यसमा सुश्री गोपीकेश्वरी देवीले प्रवचन दिने आयोजका कमल मिश्रले बताउनुभयो ।
प्रवचन मानव देहको महत्व एवम् जीवको परम लक्ष्य, ईश्वरको स्वरुप, भगवत–शरणागतिको रहस्य, गुरु या महापुरुष, ईश्वर प्राप्तिको मार्ग र भक्तित्वको रहस्यजस्ता विषयमा प्रवचन हुने आयोजकका रतन शर्माले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











