निर्वाचनमा सघाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ ।
छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
विविधतालाई एकतामा केन्द्रित पनि सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार, एक पार्टी वा व्यक्तिले मात्र निर्वाचन गर्न सक्दैन, यसमा सबैको सामूहिक पहल कदमी जरुरी छ ।”
सिंहदरबारको सूचनालाई टोलटोलमा लैजान रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले दुर्गम गाउँमा महिला तथा दलितले सञ्चालन गरेका रेडियोलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायलाई सूचना तथा सन्देश प्रवाह गर्ने सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्न निर्देशन दिनुभयो । उहाँले रेडियोको भूमिका बढ्दै गएकाले गुणस्तरीय विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले रेडियोको प्रभावकारिता अन्य सञ्चार माध्यमको भन्दा बढी हुने भएकाले यसको दिगो संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
एको¥याबका अध्यक्ष सुवास खतिवडाले दिगो विकासका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्नुुभयो ।
सामुदायिक रेडियोको विश्व सङ्गठन(अमार्क)का उपाध्यक्ष मीनबहादुर शाहीले समाज परिवर्तनको आन्दोलनमा रेडियो अग्रस्थानमा भएको भन्दै यस क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।
मुलुकभर ३१५ वटा सामुदायिक रेडियो सञ्चालन भएका छन् । सामुदायिक रेडियोले विभिन्न ७० वटा भाषामा समाचार तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै अएका छन् । कार्यक्रममा एकीकृत नमुना मुसहर बस्तीका मुसहरलाई ५२ वटा रेडियो प्रदान गरिएको थियो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












