निर्वाचनमा सघाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ ।
छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
विविधतालाई एकतामा केन्द्रित पनि सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार, एक पार्टी वा व्यक्तिले मात्र निर्वाचन गर्न सक्दैन, यसमा सबैको सामूहिक पहल कदमी जरुरी छ ।”
सिंहदरबारको सूचनालाई टोलटोलमा लैजान रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले दुर्गम गाउँमा महिला तथा दलितले सञ्चालन गरेका रेडियोलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायलाई सूचना तथा सन्देश प्रवाह गर्ने सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्न निर्देशन दिनुभयो । उहाँले रेडियोको भूमिका बढ्दै गएकाले गुणस्तरीय विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले रेडियोको प्रभावकारिता अन्य सञ्चार माध्यमको भन्दा बढी हुने भएकाले यसको दिगो संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
एको¥याबका अध्यक्ष सुवास खतिवडाले दिगो विकासका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्नुुभयो ।
सामुदायिक रेडियोको विश्व सङ्गठन(अमार्क)का उपाध्यक्ष मीनबहादुर शाहीले समाज परिवर्तनको आन्दोलनमा रेडियो अग्रस्थानमा भएको भन्दै यस क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।
मुलुकभर ३१५ वटा सामुदायिक रेडियो सञ्चालन भएका छन् । सामुदायिक रेडियोले विभिन्न ७० वटा भाषामा समाचार तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै अएका छन् । कार्यक्रममा एकीकृत नमुना मुसहर बस्तीका मुसहरलाई ५२ वटा रेडियो प्रदान गरिएको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











