प्रथम बाल महोत्सवमा पत्रकार न्यौपानेको पुस्तक ‘कर्म’ माथि चर्चा
झापा । झापामा सम्पन्न ‘प्रथम बालमहोत्सव’ को अवसरमा लखनपुरमा कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ को परिचर्चा गरिएको छ । कार्यक्रममा सहभागीले कर्म नेपाली बालबालिकाको क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेज भएको बताए ।
‘कर्ममा हामी बालबालिकाको आवाज समेटिएको छ’, पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका अध्यक्ष पुजन भण्डारीले भने, ‘नेपालमा बालबालिकाको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको उपायको बारेमा पनि उल्लेख गरिएको छ ।’
लेखक न्यौपानेले पुस्तकको माध्यमबाट बालबालिकाको क्षेत्रमा प्रशस्त सम्भावना देखाइदिएको उनले बताए । ‘बालबालिकाको मुद्दा उठाएर लेखिएका कमै मात्र पुस्तक छन्’, उनले भने, ‘त्यस्ता कम पुस्तकहरु मध्येको एउटा उत्कृष्ट पुस्तक हो यो ।’
कर्म बालबालिकाको मुद्दामा केन्द्रीत भएको कारणले यो आफूहरुको पुस्तक भएको कार्यक्रममा सहभागी बालबालिकाले दावी गरे ।
अर्का सहभागी पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका सदस्य गौरव पोखरेलले बालबालिकालाई बुझ्न चाहने जो कोहीले पढ्नै पर्ने पुस्तक कर्म भएको टिप्पणी गरे ।
‘बालबालिकाप्रति सरोकार राख्ने जति सबैले यो पुस्तक पढ्नै पर्छ’, उनले भने, ‘यसले बालमैत्री ढङ्गले व्यवहार गर्न प्रोत्साहित गर्छ ।’
लेखक न्यौपानेले पुस्तकमा बालबालिकाको स–साना कुरा पनि गम्भीर रुपमा उठाएर बहस सिर्जना गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
‘मुलधारको लेखनमा बालबालिकाका कुरालाई खासै समावेश गरिएको पाइँदैन’, उनले सुनाए, ‘त्यसैले यो पछिल्लो समय बजारमा आएको फरक स्वाद दिने पुस्तक हो ।’ नेपालमा बालबालिका र बालक्लबको विषयलाई कर्मले बहसमा ल्याएको उनको भनाइ थियो ।
बालक्लब सञ्जाल, सिन्धुपाल्चोककी पूर्व अध्यक्ष सफलता भण्डारीले पुस्तकले आम बालबालिकाको कथा बोकेको बताइन् ।
‘पुस्तकमा केही सीमित जिल्लाहरुका पात्र मात्र भए पनि देशैभरका बालबालिका, बालअभियन्ताको भोगाई एउटै छ’, भण्डारीले भनिन्, ‘यसले बालबालिकासँग सरोकार राख्ने जो कोहीलाई छुन्छ ।’

लेखकले देशका कुनाकाप्चा पुगेर त्यहाँ बालबालिकाले बाँचिरहेको अवस्थाको बारेमा लेखेको भन्दै उनले भनिन्, ‘एउटा कोठाभित्र सीमित रहेर पुस्तक लेखिने गरेकोमा कर्ममा ठाउँठाउँमा पुगेर विषयवस्तु उठाइएको छ ।’
नगर बाल सञ्जाल, दमकका अध्यक्ष प्रजेश खनालले कर्मले बालबालिकाको मनोविज्ञानलाई बुझ्न सघाउने बताए ।
उनले आफूले बालक्लबमा रहँदा भोगेको समस्या सुनाउँदै अन्यत्रका बालक्लबले गरेका बालको बारेमा पनि पढ्न पाउँदा खुशी व्यक्त गरे ।
महोत्सव आयोजक उज्यालो बाल क्लबकी अध्यक्ष टेरिना खनालले बालबालिकाको कुरा सुक्ष्म रुपमा उठाइएको भन्दै बालक्लबका अन्य साथीहरुलाई पनि पढ्न सुझाव दिने बताइन् ।
लेखक न्यौपाने पुस्तकमा बालबालिकाको क्षेत्रमा खोजी गर्दै जाँदा आफूले बुझेको कुरा लेखेको बताए ।
‘बालबालिकाले बालक्लबमा बसेर थालेको अभियानलाई मैले पुस्तकमार्फत साथ दिएको हुँ’, न्यौपाले भने, ‘देशैभरका बालबालिकाले अहिले यो आफूहरुको पुस्तक भएको दावी गर्दै आएका छन् ।’ पत्रकार न्यौपानेको यो दोस्रो कृति हो । उनले शसस्त्र युद्धका विषयलाई समेटेर लेखेको पुस्तक एम्बुसमा ६ वर्ष चर्चित छ ।
सम्बन्धित समाचार पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-%E0%A4%95%E0%A4%B0/
http://news-nepal.com/%E0%A4%A7%E0%A5%81%E0%A4%B2%E0%A4%BF%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BE%E0%A4%A6/
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A3/
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












