निर्धारित समयभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रजातान्त्रिक प्राध्यापक सङ्घले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा दर्शन’ लोकार्पण कार्यक्रममा समयसीमाभित्र निर्वाचन हुन नसकेमा संवैधानिक सङ्कट आउने बताउँदै स्थानीय तहको निर्वाचन गर्नका लागि कानुन बनिसकेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले स्ववियुको निर्वाचनमा नेवि सङ्घले विजय हासिल गरेमा राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस सफल हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
महामन्त्री शशाङ्क कोइरालाले प्राध्यापकले विभिन्न क्षेत्रमा अनुसन्धान गरी प्रकाशित ‘प्रज्ञा दर्शन’ उपयोगी रहेको विचार व्यक्त गर्दै त्रिविका प्राध्यापक तथा विद्यार्थीले अनुसन्धानमूलक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि चाँडो चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित प्रदेशका बासिन्दाको भावनालाई बुझेर उनीहरुको राय लिएरमात्र सीमाङ्कनको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
सांसद राजन केसीले त्रिवि क्षेत्रमा छात्रवास तथा प्राध्यापक आवास गृह निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेवि सङ्घका अध्यक्ष नैनसिंह महरलगायतले मुलुकमा राजनीतिक परिवर्तनका लागि विद्यार्थी आन्दोलनको महत्व रहेको बताउँदै स्ववियुको आसन्न निर्वाचनको प्रक्रिया अगाडि बडिरहेको अहिलेको अवस्थामा निर्वाचन अवरोध गर्न नहुने बताउनुभयो ।
कृतिका सम्पादक प्राडा दामोदर ज्ञवालीले कृतिमा ११ वटा लेख नेपालीमा तथा १९ वटा अङ्गे्रजीका लेख समावेश गरिएको जानकारी गराउनुभयो ।
समीक्षक प्रेमनारायण अर्याल, कृष्ण भण्डारी, त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष घनश्याम भट्टराई, प्रजातान्त्रिक प्राध्यापक सङ्घ अन्तर्गत त्रिवि इकाइका अध्यक्ष शोभाकर कँडेल, प्रजातान्त्रिक प्राध्यापक सङ्घका महासचिव जगत तिमिल्सिनालगायतले पुस्तक प्रकाशनका उद्देश्य तथा त्यसमा समावेश सामग्रीकाबारेमा जानकारी गराउनुभयो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











