निर्धारित समयभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रजातान्त्रिक प्राध्यापक सङ्घले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा दर्शन’ लोकार्पण कार्यक्रममा समयसीमाभित्र निर्वाचन हुन नसकेमा संवैधानिक सङ्कट आउने बताउँदै स्थानीय तहको निर्वाचन गर्नका लागि कानुन बनिसकेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले स्ववियुको निर्वाचनमा नेवि सङ्घले विजय हासिल गरेमा राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस सफल हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
महामन्त्री शशाङ्क कोइरालाले प्राध्यापकले विभिन्न क्षेत्रमा अनुसन्धान गरी प्रकाशित ‘प्रज्ञा दर्शन’ उपयोगी रहेको विचार व्यक्त गर्दै त्रिविका प्राध्यापक तथा विद्यार्थीले अनुसन्धानमूलक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि चाँडो चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित प्रदेशका बासिन्दाको भावनालाई बुझेर उनीहरुको राय लिएरमात्र सीमाङ्कनको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
सांसद राजन केसीले त्रिवि क्षेत्रमा छात्रवास तथा प्राध्यापक आवास गृह निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेवि सङ्घका अध्यक्ष नैनसिंह महरलगायतले मुलुकमा राजनीतिक परिवर्तनका लागि विद्यार्थी आन्दोलनको महत्व रहेको बताउँदै स्ववियुको आसन्न निर्वाचनको प्रक्रिया अगाडि बडिरहेको अहिलेको अवस्थामा निर्वाचन अवरोध गर्न नहुने बताउनुभयो ।
कृतिका सम्पादक प्राडा दामोदर ज्ञवालीले कृतिमा ११ वटा लेख नेपालीमा तथा १९ वटा अङ्गे्रजीका लेख समावेश गरिएको जानकारी गराउनुभयो ।
समीक्षक प्रेमनारायण अर्याल, कृष्ण भण्डारी, त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष घनश्याम भट्टराई, प्रजातान्त्रिक प्राध्यापक सङ्घ अन्तर्गत त्रिवि इकाइका अध्यक्ष शोभाकर कँडेल, प्रजातान्त्रिक प्राध्यापक सङ्घका महासचिव जगत तिमिल्सिनालगायतले पुस्तक प्रकाशनका उद्देश्य तथा त्यसमा समावेश सामग्रीकाबारेमा जानकारी गराउनुभयो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












