विद्युत् चोरी गर्ने गिरोह भक्तपुरमा पक्राउ, १४ वटा पोलबाट ५०० मिटर तार तानेर विजुली चोरी
भक्तपुर ३ फागुन । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैको टोलबासीले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको सहयोगमा विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् चोरी भएको स्थानबाट चोरीमा प्रयोग भएको पानी तान्ने मोटर, तार र अन्य सामग्री नियन्त्रण लिने क्रममा अवरोध गरेपछि महानगरीय प्रहरी वृत्त जगातेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कान्छा तमखु, लक्ष्मीप्रसाद प्रजापति, रत्नकाजी मानन्धर रहेका छन्। तकोपली खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारी फरार छन्।
खानेपानी उपभोक्ता समिति गठन गरेर प्रति घरधुरी रु दुई हजार ५०० प्रतिमहिना शुल्क लिएर पानी वितरण गर्दै आएको उक्त उपभोक्ता समूहले १४ वटा पोलबाट ५०० मिटर पर तार लगेर विद्युत् चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाका प्रमुख विक्रम अमात्यले हुक हालेर १४ वटा पोल पार गर्दै जमिन मुनीको पानी चोरीको विद्युत्बाट तानेर वितरण गर्दै आएको तीन दिनको अनुगमनबाट खुलेको बताए।
अमात्यले भने ‘खानेपानी उपभोक्ता समिति नै गठन गरेर लामो समयदेखि मिटर जडान नगरी विद्युत् चोरी गरेर जमिनमुनिको पानी दोहन गर्दै पानी वितरण गरेको पायौँ, चोरीमा प्रयोग भएका सामाग्री नियन्त्रण लिन खोज्दा अवरोध गर्न आएपछि पक्राउ गरिएको हो।’
प्राधिकरणले समितिलाई क्षतिपूर्ति र जरिवाना गरी रु दुई लाख ५२ हजार १०० निर्धारण गरिएको बताउँदै उनले रकम भुक्तानी गरेपछि पक्राउ परेकालाई छाडिने पनि बताए।रासस
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












