एआइजी बन्न डिआइजीहरु चाकडीमा व्यस्त
काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) का पद थप गर्न तीब्र लबिङ सुरु भएको छ । यसअघि १४ जनासम्म एआइजी रहेकोमा हाल प्रहरी नियमावलीमा ३ जनामात्र राख्ने व्यवस्था गरिएकोले त्यसलाई हटाउन एआइजीका आकांक्षीहरु लबिङमा उत्रेका हुन् ।
एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको समयमा एआइजी बढुवाको विवाद सर्वाेच्च अदालत पुगेको थियो । सरकारले ८ जना एआइजीको संख्या भएकोमा २ पद बिशेष सिर्जना गर्दै १० जनालाई बढुवा गरेपछि बढुवामा छुटेका ४ जना सर्वाेच्च पुगेका थिए । सर्वाेच्चले ती चार जनालाई नै एआइजी बनाउन निर्देशन दिएपछि १४ जना एआइजी भए । तीमध्ये १३ जना प्रशासन र १ जना प्राविधिकतर्फका थिए । अब प्राविधिकतर्फ १ र प्रशासनतर्पm ३ जनामात्र रहने व्यवस्थापछि एआइजीका आकांक्षीहरु पद थप गर्न शक्ति केन्द्र धाउन व्यस्त छन् ।
डिआइजीहरु देवेन्द्रजंग सुवेदी, केशरीराज घिमिरे, कमलसिंह बम, पशुपति उपाद्यायसमेतका डिआइजीहरु पद थप गर्न दौडधुप गरिरहेको स्रोतहरुको दावी छ ।
सशस्त्र प्रहरीमा एआइजीको पद ६ वटा छ भने नेपाली सेनामा एआइजी हैसियतको उपरथीका २० पद छन् । ‘३६ हजार संख्यामा रहेको सशस्त्रमा ६ जना अनि ७२ हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ४ जनामात्र एआइजी हुनु नियमसंगत होइन ।’ एक डिआइजीले भने ।
प्रहरीमा एआइजीको पद थप नभए हाल आइजीपीका प्रतिस्पर्धी जयबहादुर चन्द, नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्ये एक आइजीपी बनेपछि बाँकी ३ जनामात्र एआइजी हुनेछन् । सुवेदी, बम, घिमिरे, उपाध्यायहरुको समूह डिआइजीबाटै घर जानु पर्ने हुन्छ । त्यसैले यो समूह एआइजीका पद थप गर्दै घटीमा पनि ८ वटा पु¥याउन लबिङमा उत्रेको हो ।
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












