दार्जिलिङबाट छुट्टियो कालिम्पोङ, अब के हुन्छ ?
काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले घोषणा गरेको १४ महिनापछि कालिम्पोङ अलग जिल्ला बनेको छ । यसअघि दार्जिलिङ जिल्लाभित्र रहेको ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो ।
बंगालको कान्छो जिल्ला घोषणा गर्न कालिम्पोङ पुगेकी मुख्यमन्त्री वेनर्जीले मेला मैदानमा भनिन्,‘टेक केयर अफ माइ न्यू वोर्न वेवी ।’ उनले कालिम्पोङको खानेपानी समस्या सुल्झाउन ५० करोड रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरिन् ।
विधानसभाका विधायक तथा जनआन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर क्षेत्रीले गत नोभेम्बरदेखि कालिम्पोङलाई अलग जिल्ला बनाउने अभियान सुरु गरेका थिए । क्षेत्रीले आफ्नै पहिलकदमीबाट कालिम्पोङलाई जिल्ला बनाउन राज्य सरकारसँग प्रस्ताव गरेका थिए । ‘कालिम्पोङलाई जिल्ला बनाउने राज्य सरकारको कदम प्रशंसनीय छ’, क्षेत्रीले भने, ‘कालिम्पोङ दार्जिलिङको अधिनबाट टाढा बस्न चाहिरहेको थियो ।’
अलग राज्य गोर्खाल्याण्डको माग असफल पार्न नेपालीभाषीबीच ‘फुटाउ र राज गर’ नीति अपनाएकी वेनर्जीले एकदर्जन जति जातीय बोर्ड नै गठन गरिसकेकी छन् । अब कालिम्पोङलाई पनि दार्जिलिङबाट अलग्याएपछि गोर्खाल्याण्ड आन्दोलन स्वतस् कमजोर बनाउने ममताको खेल रहेको गोर्खा जनमुक्ति मोर्चाका एक नेताले बताए । दार्जिलिङसहित मिरिक, कालिम्पोङ र खरसाङ दार्जिलिङ जिल्लाका मुख्य सहर हुन् । कालिम्पोङ अलग्गै जिल्ला बनेपछि दार्जिलिङको क्षेत्रफल साँघुरिएको छ ।
कालिम्पोङ सन् १७०० सम्म सिक्किमको एक भाग थियो । १८औं शताब्दीको प्रारम्भतिर भुटानले युद्धमार्फत् यसलाई कब्जा गरेको थियो । एङ्लो–भुटान युद्धपछि सन् १८८५ मा यसलाई दार्जिलिङमा गाभिएको इतिहास छ । करिब दुई सय वर्षपछि कालिम्पोङ पुनस् दार्जिलिङबाट अलग्गिएको हो ।
गोजमुमोले सिंगो दार्जिलिङ जिल्लासहित तराईको सिलिगुडी र टिष्टापारिको डुबर्सलाई गोर्खाल्यान्डको मानचित्रमा अटाउनुपर्ने जिकिर गर्दै आएको थियो । तर, नेपालीभाषी बाहुल्य क्षेत्र कालिम्पोङ पनि दार्जिलिङबाट अलग्गिएपछि गोर्खाल्याण्ड मागको दाबी कमजोर बन्न सक्ने विज्ञहरुको भनाइ छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












