एसटिसीका २५ डिलर फ्याक्ट्री भिजिटमा
काठमाडौं । भेरोकको नेपालका लागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रा.लिका आफ्ना २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बई प्रस्थान गरेका छन् । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्येस्यका साथ पुने,अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको श्री एसटिसी प्रा.लि.का प्रबन्ध निर्देशक सुरेस उप्रेतीले जानकारी दिए ।
वार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र बार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो । दुइपाङ्ग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको छ ।
एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सबारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ । यस अघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एशियाका बिभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











