एसएसपी दिनेश अमात्यले सिंहझै गर्जिएर भने–’गुण्डाविरुद्ध प्रहरी आक्रामक हुन्छ’
काठमाडौं । राजधानीमा सक्रिय गुण्डा र ठगीमा संलग्नबिरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।
गत माघ अन्तिम साता महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश अमात्यले जुनसुकै अवस्थामा पनि गुण्डागर्दी, आर्थिक ठगी,अपराधिक कृयाकलाप र साइबर क्राइमबिरुद्ध कडा रुपमा प्रस्तुत हुने उद्घोष गरेका छन् ।
बुधबार न्युज–नेपालसँग कुरा गर्दै एसएसपी अमात्यले भने, ‘म पाखुरा देखाएर होस् या विवेक प्रयोग गरेर होस्, गुण्डागर्दीलाई निमिट्यान्न बनाउन सक्रिय हुनेछु ।’ उनले आफू ३ वटा काममा सक्रिय रहने भन्दै गुण्डागर्दीका माध्यमबाट हुने असुली, आर्थिक अपराधदेखि साइबरक्राइमका माद्यमबाट भइरहेका महिला हिंसा रोक्न २४ घण्टा नै सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।
अपराध महाशाखाको कमाण्ड सम्हालेका यसअघिका एसएसपी सर्वेन्द्र खनालले फुटबलमा भएको म्याचफिक्सिङमा संलग्नलाई खोरमा थुनेका थिए भने डन कुमार घैटेलाई इन्काउण्टरमा मारेका थिए ।
एसएसपी अमात्यले पनि खनालकै सिको गर्ने छनक देखाएका छन् । गुण्डागर्दी, आर्थिक अपराध र साइबरक्राइम राजधानीमा बढ्दो छ । त्यसलाई रोक्न सकेमा एसएसपी अमात्य अपराध महाशाखामा सफल हुने छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












