सरकारद्वारा छ जिल्लामा प्रारम्भिक पढाइ कक्षा सुरु
भक्तपुर, ५ फागुन । कक्षा एक देखि तीनसम्म अध्ययन गर्ने विद्यार्थीको पठन सीप वृद्धि गर्न सरकारले छ जिल्लाका सामुदायिक विद्यालयमा नमुनाका रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको छ ।
शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय भक्तपुरमा आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मिडिया अभिमुखीकरण कार्यक्रममा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले यो कार्यक्रम यसैवर्षदेखि लागू भएको जानकारी दिनुभयो ।
पहिलो चरणमा भक्तपुर जिल्लालगायत कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरीमा यो कार्यक्रम सुरु भएको हो । विद्यार्थीको तल्लो कक्षामै पढाइ कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न भक्तपुर जिल्लाका १२९ सामुदायिक विद्यालयमा प्रारम्भिक पढाइ कक्षा सञ्चालन गरिएको छ ।
चालु शैक्षिकसत्रदेखि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीको गुणस्तर सुधारमा जोड दिइएको उपनिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अर्ली ग्रेड रिडिङ मूल्याङ्कनले कक्षा २ मा अध्ययनरत ६४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत ८१ प्रतिशत बालबालिकामा नेपाली पठन सीप अत्यन्तै कमजोर रहेको तथ्य फेला पारेको थियो ।
उक्त मूल्याङ्कनअनुसार अधिकांश विद्यार्थीको पठन सीप अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम रहेको पाइएपछि प्रारम्भिक पढाइ कक्षाको पठन सीपअन्तर्गत सुनाइ, पढाइ, लेखाइ र बुझाइका आधारमा विद्यार्थीको सिकाइ सुधार गर्ने कार्यक्रमको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
नेपालका विद्यार्थीको पठन सीप दक्षिण एसियामै कमजोर रहेको अनुसन्धानले देखाएको बताउँदै उपनिर्देशक अधिकारीले एक देखि तीन कक्षाका विद्यार्थीको पठन सीप विकास गर्न नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले भक्तपुरका प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेको र यो कार्यक्रमले विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको पञ्चवर्षीय कार्यक्रमअन्तर्गत नमुनाका रुपमा छ जिल्लामा कार्यक्रम सुरु भए पनि यसलाई १५ जिल्लामा विस्तार गर्ने र पाचवर्षभित्र देशभर यो कार्यक्रमलाई लैजाने प्रारम्भिक पढाइ कक्षा कार्यक्रमकी सहजकर्ता हितकुमारी गुरुङले बताउनुभयो ।
कार्यक्रमबाट छ जिल्लाका पाँच हजार समुदाय परिचालन भई सात लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र पाँच हजार प्रधानाध्यापक लाभान्वित हुने उहाँले बताउनुभयो । कार्यक्रमका लागि नियोगको पाँच करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा ल्याए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












