एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्न महायज्ञ
राजविराज, ५ फागुन । एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा बुधबार मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोन लगायतका गाउँबाट सहभागी महिलाले स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खरसाल हुँदै सप्तरी सदरमुकाम राजविराजको विभिन्न वडा परिक्रमा गरी खुरहरियास्थित डिहबार स्थानमा पुगेर भव्य शोभा कलश यात्रा गरी टुङ्गिएको थियो ।
बाल व्यास विदूषि सुश्री सुविना देवीबाट भक्ति सङ्गीतमय कथा एवम् देव लीला झाँकी आजदेखि सो महायज्ञमा प्रदर्शन हुने बताइएको छ । पूजाअर्चना र आरती बिहान ७ देखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ पारायण बिहान ८ देखि ११ बजेसम्म हुने तथा सङ्गीतमय कथा प्रवचन दिउँसो २ देखि साँझ ६ बजेसम्म, महात्मा भक्ति सङ्गीत साँझ ७ देखि रात्रि ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण र जागरणसमेत हुने यज्ञ आयोजक समितिले जनाएको छ ।
त्यस्तै, फागुन १२ गते समापन एवम् पूर्णाहुति र मुक्तिनाथको शालिग्रामको दर्शनसमेत गराइने कार्यक्रम रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












