दुई बुँदे सहमतिपछि पत्रकार महासंघमा लगाइएको ताला खुल्यो
काठमाडौं ६ फागुन । सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल प्रेस युनियन र पत्रकार महासंघबीच सहमति भएको छ ।
महासंघ र युनियनका अदाधिकारीहरुको वार्ताले दुई बुँदे सहमति गरेपछि फागुन २ गतेदेखि महासंघ केन्द्रिय कार्यालयमा लागेको ताला खुलेको छ ।
दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले अर्को बिज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको युनियनका अध्यक्ष बद्री सिग्देल र महासंघ सभापति डा। महेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
युनियनले असन्तुष्टि जनाएका केहि जिल्लाहरुमा केन्द्रिय पदाधिकारीको रहोबरमा अधिवेशन भइसकेको छ भने नुवाकोट, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा देखिएको विवाद महासंघको सचिवालयले सहमतिका आधारमा समाधान गर्ने सहमति भएको छ ।
महासंघमा लागेको ताला खुलेसँगै महासंघका जिल्ला शाखाहरुको अधिवेशन गर्ने बाटो खुलेको छ । भोलिबाट सुरु हुने पूर्वाञ्चलको अधिवेशन पनि पाँचथर बाहेक अन्य जिल्लामा निर्धारित मितिमै हुने भएको छ । साथै सदस्यता वितरणमा विवाद नदेखिएका अन्य जिल्लामा पनि अधिवेशन निर्धारित मितिमै हुने भएको छ ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











