प्याव्सनलाई व्यावसायिक नेतृत्व दिन चाहन्छु : टीकाराम पुरी (प्याव्सनको केन्द्रिय अध्यक्षका उम्मेद्वार)

निजी क्षेत्रको विद्यालय शिक्षा क्षेत्रमा २५ वर्षदेखि सक्रिय मोरङका टीकाराम पुरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को आगामी नेतृत्व लिन चाहन्छन् । देशभरका झन्डै २ हजार २ सय प्रतिनिधि सहभागी हुने आगामी १३औँ महाधिवेशनमा उनी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । विराटनगरस्थित एभरेष्ट उच्च माविका प्रिन्सिपल पुरीसँग न्युज-नेपालले गरेको कुराकानीको सम्पादित अंश :
प्याब्सन अध्यक्षमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ, तपाईको उम्मेदवारी किन ?
सबल, सुदृढ र समृद्ध संगठन निर्माण एवं निजी विद्यालयमैत्री शिक्षा नीतिनिर्माणमा पहल– मेरो उम्मेदवारीका प्रमुख अजेन्डा यही हो । प्याब्सन स्थापना भएको २७ वर्ष भएको छ । यो अवधिमा धेरै कुरामा परिवर्तन भए । तथापि शिक्षा क्षेत्रमा स्थापना कालदेखि उठाएका धेरै मुद्दा थाती नै छन् । संघीयतामा गइसकेपछि थप केही मुद्दा आउन सक्छन् । यी र यस्ता मुद्दा समाधान गर्न नै मेरो उम्मेदवारी आवश्यक छ भन्ने ठम्याइ हो ।
भनेपछि, १३औं महाधिवेशनसम्म प्याब्सनको नेतृत्व ठीक थिएन ?
मेरा अग्रजहरुले काम गर्नुभएन भन्न मिल्दैन । नेपालमा स्थायी सरकार नबनी शिक्षा क्षेत्रका मुद्दा सम्वोधन हुने अवस्था पनि भएन । यसअघिको नेतृत्वले नगरेको होइन । धेरै मुद्दा छन् । ती मुद्दा अब सम्बोधन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
हालसम्म प्याब्सनमा राजधानीभित्रको नेतृत्व आयो, अब तपाई राजधानीबाहिरको हुँदा के असर पर्छ ?
हामीले क्षेत्रीय नारा लाउनु हुन्न । मेचीदेखि महाकाली जहाँको भए पनि नेतृत्व गर्न सक्ने हुनुप¥यो । म सफल विद्यालयको प्रिन्सिपल भएको र प्याब्सनमा लामो समयदेखि संलग्न भएर जिल्ला, क्षेत्र र केन्द्रमा नेतृत्व गरिसकेकोले अहिलेको अवस्थामा मेरो नेतृत्व आवश्यक हो । म राजधानीमा बसेर प्याब्सन सफल रुपमा हाँक्ने छु ।
राजधानीमा बसेकाहरु बाहिरकाले प्याब्सन सञ्चालन गर्न असहज हुन्छ भन्छन् नि ? प्रधानमन्त्री, प्रधानन्यायाधीश, सचिव, मन्त्रीहरु पनि राजधानी बाहिरका हुनुभएको छ । पहुँच भन्ने कुरा काठमाडौंमा रहनेको मात्र हुन्न । म काठमाडौंँबाहिरको भए पनि मेरो पहुँच छ ।
प्याब्सनमा कुनकुन पदमा रहेर काम गर्नुभयो ?
म मोरङमा प्याब्सनको सदस्य, सचिव, अध्यक्ष पटकपटक भए । केन्द्रमा उपाध्यक्षसमेत भएर काम गरिरहेको छु । म २५ वर्षदेखि प्याब्सनमा आबद्ध छु ।
निजी विद्यालयमैत्री वातावरण बनाउन के कस्ता काम गर्न सक्नुहुन्छ ?
सरकारले शिक्षा क्षेत्रमा विभेदकारी नीति ल्याएको छ । कक्षा १० पास गरेपछि उच्च शिक्षामा ४५ प्रतिशत आरक्षित छात्रवृत्तिको व्यवस्था छ । निजी विद्यालयबाट कक्षा १० उत्तीर्णलाई सहभागी गराइँदैन । म त्यसलाई हटाउँछु । निजी विद्यालयलाई सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको अवस्था छ । हामी परीक्षा, पाठ्यक्रम र निरीक्षण, अनुगमन नेपाल सरकारले गर्ने व्यवस्था हुनुपर्छ र अन्य क्षेत्रमा निजी विद्यालय स्वायत्त हुनुपर्छ । शिक्षकको तलब, भवनको सबै कुरा पूर्वाधारका कुरा सरकारले तोक्ने अनि शुल्क भने अभिभावकले तोक्ने चलन छ । त्यसलाई हटाउनुपर्छ । संस्थागत विद्यालय सञ्चालनसम्वन्धी निर्देशिका– २०६९ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका– २०७२ खारेज हुनुपर्छ । कक्षा ९ देखि विद्यालय तहमा प्राविधिक शिक्षा निर्धारण गरेको छ । त्यो सरकारीमा मात्र छ । निजीमा दिएको छैन । त्यो निजीले पनि पाउनुप¥यो । अर्काे भनेको अहिले पनि सरकारले निजी विद्यालयमा अभिभावकले पढाएबापत १ प्रतिशत कर तिर्नुपर्छ । सरकारीमा पर्दैन । सामुदायिक विद्यालय निःशुल्क हुने र निजीमा भने कर लगाउने कुरा मिल्दैन । त्यसलाई हटाउनुपर्छ । देशको संविधानअनुसार विद्यालयलाई दुई तहमा विभाजन गरिएको छ । १ देखि ८ सम्म आधारभूत तह र ९ देखि १२ सम्म माध्यमिक तह । यो ठिक छैन । पूरैलाई विद्यालय तह मानिनुुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि म पहल गर्नेछु । साथै, धेरै संघसंस्थाका भवन बने तर प्याब्सनको आफ्नै केन्द्रीय कार्यालय भवन छैन । केन्द्रीय कार्यालय निर्माण गर्ने पनि मेरो अजेन्डा हो । प्याब्सन ठूलो संस्था हो । विदेशमा रहेका हामीसँग प्रकृति मिल्ने संंस्थासँग सम्बन्ध राख्नुपर्छ भन्ने मेरो मान्यता हो । शैक्षिक कार्यक्रम आदानप्रदान गर्न सक्नुपर्छ । संगठन प्याब्सनको प्रभावकारी रुपमा सञ्चालन गर्न सकिएको छैन । स्पष्ट रुपमा आचारसंहिता र नीतिनिर्देशिका बनाएर बिकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो । निजी विद्यालयमा कार्यारत शिक्षक, कर्मचारीलाई विपत्तिमा सहयोग गर्न राहत कोष स्थापना गर्ने पनि मेरो लक्ष्य छ । प्याब्सनलाई सामाजिकीकरण गर्नुपर्छ । साना तथा मझौला विद्यालयमा भौतिक पूर्वाधार छैनन् । त्यसका लागि बैंकहरुसँग समन्वय गर्दै ऋण व्यवस्था गर्ने, विद्यालय शान्ति क्षेत्र भनेर सरकारले घोषणा गरेको छ तर अहिले पनि चन्दा आतंक नै छ । त्यसलाई रोक्न पहल गर्नेछु । निजी शिक्षामा पुरानो संगठन प्याब्सन हो । अहिलो एनप्याब्सन, हिसान जन्मिए । तर कक्षा १२ सम्म माध्यमिक तह भएकाले समग्र विद्यालय तहको हकहितका लागि प्याब्सन मात्र भए पुग्छ । म त्यसका लागि पहल गर्छु । म प्याब्सन नेतृत्व लिएर चुनौतीलाई अवसरका रुपमा बहन गर्न चाहन्छु ।’
_____________________________________________
_____________________________________________
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%8B-%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8/
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












