शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछि विद्यालयमा तालाबन्दी
सुर्खेत । प्रस्तावित चिङ्गाड गाउँपालिकाको ढाडखेतमा विहीबार पूर्व गृहमन्त्रीले स्ट्रेचर वितरण गरे । सांसद विकासको रकमबाट उनले स्ट्रेचर वितरण गरेका हुन् । उक्त गाउँपालिका अन्तर्गतका पाम्का, रजेना, रानिबास, मटेला र अवलचिङका स्वास्थ्यस्वयम सेविकाहरुलाई स्टेचर वितरण गर्न आयोजना गरिएको कार्यक्रम नेपाली काँग्रेसका झण्डा र बाजागाजासहति सुरु भयो ।
त्यसै दिन मटेला ५ मा रहेको बाँजीकुटीमा नियमित खोप कार्यक्रम थियो । तर, विहीबार खोप कार्यक्रम नै रोकियो । स्वास्थ्यकर्मीहरु र स्वयमसेविकाहरुलाई कार्यक्रममा जान उर्दि गरेपछि नियमित खोप कार्यक्रम नै रोकिएको भन्दै स्थानीयले आपत्ती जनाएकाछन् । मटेलाको स्वास्थ्य चौकीबाट नै नियमित खोप रोकेर कार्यक्रममा जान उर्दि गरिएको स्थानीयले जनाएकाछन् । खोप कार्यक्रम बन्द भएपछि त्यहाँका बालबालिकाहरु खोपबाट बञ्चित भएकाछन् ।
साथै उक्त कार्यक्रममा सहभागी नभएको भन्दै शुक्रबार केही स्वयमसेविकाहरुलाई स्वाथ्इ चौकीमा प्रवेश गर्न नदिएको गुनासो स्थानीयले गरेकाछन् । स्थानीय एक स्वास्थ्य स्वयम सेविकाले आफूहरुलाई कार्यक्रममा नगएको भन्दै कार्यालयमै जान नदिएको बताइन् । कार्यालय भित्र गएका केही स्वयमसेविकालाई समेत बाहिर निकालिएको स्थानीयले बताएकाछन् । ‘‘हिजो रोक्नै नहुने नियमित खोप कार्यक्रम रोकियो,’ स्थानीय एक जानले भने–‘आज हिजोको कार्यक्रममा नगएको भन्दै केही स्वयमसेविकाहरुलाई स्वास्थ्य चौकी मै प्रवेश गर्न दिइएन, भित्र गएकालाई निकालियो ।’’
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले नियमित खोप रोक्न नहुने भन्दै त्यस्तो भएको भए बुझ्ने बताए । साथै कार्यक्रममा नगएको भरमा स्वयमसेविकालाई पनि कार्यालयमा प्रवेश गर्न नदिने काम गर्न नहुने भन्दै उनले यसबारमा जानकारी आइनसेको भन्दै बुझ्ने बताए । ‘‘नियमित खोप कार्यक्रम रोक्न हुँदैन’ उनले भने–‘नियमित खोप कार्यक्रमलाई रोकेर कार्यक्रममा गएको भए राम्रो होइन, यहाँ जानकारी आएको छै, बुझ्छौ ।’’ नियमित खोप तोकिएको मितिमा अर्थात २८ दिनको फरमा संचालन गरिएन भने त्यसको प्रभावकारिता हुँदैन ।
यता त्यहाँको स्वास्थ्य व्यवस्थापन समितिका सदस्य दिपबहादुर जिसीले खोप कार्यक्रम प्रभावित भएको र स्वयम सेविकालाई कार्यक्रममा सहभागी नभएको भन्दै कार्यालयमा प्रवेश गर्न नदिएको विषयमा बैठकमा छलफल गर्ने बताएका छन् ।
यस्तै सोही दिनको कार्यक्रममा भैरव माध्यामिक विद्यालयका शिक्षकहरुले विद्यालयमा पढाउन छोडेर कार्यक्रममा गएपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेकाछन् । पढाईलाई प्रभावित बनाएर कार्यक्रममा गएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
यस अघि पनि स्टे«चरमा नेपाली काँग्रेसको निन्ह राखेपछि विवाद भएको थियो । स्वास्थ्यचौकीका घनबहादुर बुढाको ९७४८०४०४४९ को मोवाइल नम्बरमा भने यस विषयमा बुझ्दा सम्पर्क हुन सकेन ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












